६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन्।

शुक्रबार काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बचिल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिएको बताए।  

‘म कोही घरबेटी, मित्र, कोही दाजुभाईसँग सम्बन्धित भएर काम गर्दिन’, उनले भने, ‘निरपेक्ष ढंगले काम गर्छुु। आवश्यक्तालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ।’

उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रलाई उक्ता कुरामा जोडेर नहेर्न आग्रह गरे। उनले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए। जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको उनले बताए।

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए। उनले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताए।  

‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ’, उनले भने, ‘हामीले कति खाल्डोहरु छन् भनेर नियालीरहेका छौँ। राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ।’

उनले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसभ्म्भार हुनुपर्ने बताए।  

उनले भने, ‘सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूर सञ्चारको कामहरु छ, एकीकृत ढंगले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस्। खनिएको ठाउँमा पुनःस्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बेठक गरेका छौँ। हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौँ। राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ। सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन्।’

उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडडको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताए। उनले  सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताए।

अनुगमन गर्ने क्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ

प्रकाशित: २९ पुस २०७९ ०५:०७ शुक्रबार

नारायणकाजी श्रेष्ठ