१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई ससर्त मतदान गर्ने

काठमाण्डौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरिएको छ । आईतवार मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको छ ।

थप गरिएको राजनीतिक मागमा स्थानीय निकाय पुर्नसंरचना आयोग पुर्नगठन गर्नुपर्ने भनिएको छ । राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ ।

राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ ।

अहिले स्थानीय निकाय पुर्नसंरचना गर्ने कार्य रोकेर आयोग गठन गरेर मात्र स्थानीय निकाय पुर्नसंरचनाको काम अगाडि बढाउनुपर्ने मोर्चाको माग छ । मोर्चा घटक दल सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नागरिकसँग भने, ‘ ५१ प्रतिसत जनसंख्या रहेको मधेसमा १ सय ८८ गाउँपालिका र ४८ प्रतिसत जनसंख्या रहेको पहाडमा २ सय ७७ गाउँपालिका बनाउन मधेस प्रति बेईमानी हो ।’ यो प्रक्रिया अन्तर्गत पहाडको तुलनामा मधेसको ८९ सिट कम हुन्छ,’ उनले भने ।

‘आयोग नै गठन नगरि आफूखशी स्थानीय निकायको पर्नसंरचना गर्दा राष्ट्रिय सभामा मधेसको प्रतिनिधित्व कम हुन्छ।’ उनले भने,‘कानुन बनाउने ठाउँमा मधेसको प्रतिनिधित्व कम गराउने कार्य मान्य हुन्न् ।’ राखेको मागमा कार्यदलबाट सहमति सहितको प्रतिवद्धता आए प्रधानमन्त्री निर्वाचनामा दाहाललाई मत हाल्ने उनले बताए ।

प्रकाशित: १७ श्रावण २०७३ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App