उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएका बताएका छन्।
मंगलबार मन्त्री श्रेष्ठले नागरिक न्युजसँग कुरा गर्दै देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएको बताएका हुन्।
उनले भने, ‘मेरो मन्त्रालय मातहतमा पर्ने सडक भित्रको काम सुचारु गरिसकेको छु। र अन्य निकायकामा पर्ने सडकहरुको भने उहाँहरुसँग समन्वय गरी कामको सुचारु गर्ने अथवा गराउने छु।’
प्रकाशित: १९ पुस २०७९ १४:३३ मंगलबार