७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले लिए विभिन्न मन्त्रालयका कामको विवरण

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन्।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिए। त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए।

बैरागीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोली आउँछ। हामी छलफलकै क्रममा छौं। विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुती भएको छ। केही निकायहरु बाँकि छन्। त्यो भोली सबैको विवरण लिइसकेपछि सम्माननीय प्र्रधानमन्त्रीज्यूको निर्देशन आउँछ।’

प्रकाशित: १८ पुस २०७९ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App