७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग लिए प्रधानमन्त्री दाहालले परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राष्ट्रियसभामा रिक्त रहेको १ स्थानसहित राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पनि सहभागिता रहेको थियो। संविधान र कानुन बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभामा रिक्त रहेका १ स्थानको पनि निर्वाचन गराउने विषयमा प्रधानमन्त्रीज्यूले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गर्नु भएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले जानकारी दिए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभामा एक स्थान रिक्त छ। त्यसको निर्वाचनलगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीज्यूहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसँग परामर्श गर्नु भएको हो। निर्वाचनको मिति पछि समय आएपछि थाहा भईहाल्छ।’

नयाँ संसद आएसँगै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही काममा लागि प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरेका हुन्। उपप्रधानमन्त्री पौडेलका अनुसार निर्वाचनको मिति भने अर्को बैठकले तय गर्नेछ। 

प्रकाशित: १८ पुस २०७९ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App