४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभाको पहिलो बैठक सोमबार बस्ने

बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो। प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन्।

प्रकाशित: १७ पुस २०७९ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App