६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाले उम्मेदवारी दिएका छन्। सदीयदलको नेतामा अमृत अर्याल, उद्वव थापा र  केदार कार्कीले उम्मेदवारी दिएका हुन्।

अमृत अर्याल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य हुन्। यस्तै उद्वव थापा नेपाली कांग्रेस प्रदेश १ का सभापति हुन् भने केदार कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्। यीमध्ये थापा कृष्णप्रसाद सिटौला लाईनका हुन्। कार्की शेखर कोइराला र अर्याल नेपाली कांग्रेस संस्थापन पक्षका हुन्। संसदीय दलको नेतामा दाबी गर्दै आएका भीम पराजुलीले भने उम्मेदवार दिएनन्।

प्रदेश १ मा नेपाली कांग्रेसले पुस १५ गते संसदीय दलको नेताका लागि मतदानको तयारी गरेको छ।  बिहीबार १२ बजे देखि १ बजे सम्मको  मनोनयन दर्ताको सयममा ३ जनाको उम्मेदवारी परेको नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता निर्वाचनका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए।

पुस १५ अगाडि नै सर्वसम्मत नेता चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट संसदीयदलको नेता टुंगो लगाउने तयारी गरिएको हो। नेपाली कांग्रेसको विधानअनुसार संसदीय दलको नेता चयनका लागि ५१ प्रतिशत बहुमत पु¥याउनु पर्ने हुन्छ। पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत बहुमतन पुगे पहिलो चरणमा सबै भन्दा धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुने छ। प्रदेश १ मा नेपाली कांग्रेसका २९ जना सांसद छन्।  

प्रकाशित: १४ पुस २०७९ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App