२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयले भन्यो: व्यक्तिगत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्नु

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रालयले  नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो। 

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ जारी भइ कार्यान्वयनमा रहेको र उक्त कार्यविधि विपरीत सेवा सुविधा लिएको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हाे।

प्रकाशित: १२ पुस २०७९ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App