१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। मन्त्रालयको आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै उनले नेपालमा सबैभन्दा चुनौतिको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नेकुरा रहेको बताए।

उनले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भएपनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताए। उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताए। 

मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्नसकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताए। उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमीकहरु नहुनु दुःखद् भएको बताए।  

प्रकाशित: ११ पुस २०७९ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App