नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउ एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन।
ओली निवास बालकोटमा बसेको ४ दलको बैठक पछि एमाले अध्यक्ष केपी शर्मा ओली पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउ सहमत भएका हुन। अहिले सहमतीको ड्राफ तयार भइरहेको बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको नेतृत्वमा बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र, जनमुक्ती पार्टी, नेपाल नागरिक उन्मुक्ती र जनता समाजबादी पार्टी पनि सरि हुने बताइएको छ।
यस अघि बार्तामा माओवादीबाट अध्यक्ष पुष्प कमल दाहाल उपाध्यक्ष नारायण काजी श्रेष्ठ, एमालेबाट अध्यक्ष्य केपी ओलीसहित महासचिव शंकर पोखरेल र राष्ट्रिय स्वतन्तत्र पार्टीबाट सभापति रवि लामिछाने र महासचिव डाक्टर मुकुल ढकाल रहेका रहेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेभित्रको समय दिएर बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई आव्हान गरेकी हुन।
प्रकाशित: १० पुस २०७९ १०:१६ आइतबार