१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई अभिभावक चाहिएको बताएका छन्। मंगलबार आफ्नो आधिकारीक ट्वटर मर्फत उनले ‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ भनि लेखेका हुन्।  

उनले लेखेका छन् आशा राखौं उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि डा. शेखर कोइरालाले झैं वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ। स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौं। 

नेपाली कांग्रेसको संसदीय दलको नेताको उम्मेदवारी दर्ता आज हुँदैछ। उक्त उम्मेदवारी दर्ता हुने दिन उनले यस्तो लेखेका हुन्। गगन कुमार थापाले उम्मेदवारी दता गराई सकेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता दिदैँ छन्।  

प्रकाशित: ५ पुस २०७९ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App