६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मतले जितेँ अब मनले जित्नेछुः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए।  

उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए। नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए। उनले मत प्राप्त गरेपनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए।

नेता पौडेलले भने,‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ। हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ। यो असाध्यै चुनोतीपूर्ण छ। स्थानीय समस्या समाधान गर्नेछौँ। कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्नेकुरामा हामी लाग्नेछौँ। उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ। परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ। आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ। त्यसोभए रोजगारीको अवसर सिर्जना हुनसक्छ।’

नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए। 

प्रकाशित: २ पुस २०७९ ०७:१० शनिबार

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ५