१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठक अबरुद्ध

व्यवस्थापिका संसद अबराेध गर्दै कांग्रेस सांसद। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ। सरकारले भूकम्प पीडितलाई विभेद गरेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।

मंगलबार बसेको व्यवस्थापिका संसद बैठकमा कांग्रेस सांसदहरुले भूकम्प पीडितलाई सरकारले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै सरकारको जवाफ माग गरेका थिए। कांग्रसे सांसदको सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले सो विषयमा जानकारी दिन सरकारलाई रुलिङ गरेकी थिइन्। सभामुखले रुलिङ गर्दासमेत सरकारले जवाफ नदिएको भन्दै बिहीबार बसेको संसद बैठक कांग्रेसले अवरोध गरेको हो। कांग्रेसको अबरोधपछि संसद बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कानुन मन्त्री अग्नि खरेलले सभामुखले रुलिङ गराएको विषय सरकारलाई जानकारी नभएको भन्दै भोलि बस्ने संसद बैठकमा जवाफ दिने बताए।  

बिहीबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकका निर्णय (भिडियोः दिपेश श्रेष्ठ) 

प्रकाशित: ९ असार २०७३ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App