राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको नाम टुंगो लगाएको छ। शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो।
मंसिर ४ गते भएको निर्वाचनमा पाएको मतको आधारमा समानुपातिकमा पाएको १३ सिटको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तिम टुंगो लगाएको हाे।
दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठको नाम निर्वाचन आयोगमा बुझाउन सिफारिस गरेको छ। यस्तै खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस गरिएको छ।
यस्तै मधेसी समुदायबाट लक्ष्मी तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् भने मुस्लिम समुदायबाट अशिम साहको नाम अन्तिम टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष्य तर्फ ७ सिट जितेको छ। प्रत्यक्षमा पार्टी सभापती रवि लामिछाने , हरि ढकाल, डाक्टर तोसिमा कार्की, सोविता गौतम , शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका थिए।
प्रकाशित: २४ मंसिर २०७९ १०:३४ शनिबार