१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी नेता भण्डारीलाई जुम्ला ईन्चार्जको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ।  

प्रदेश ईन्चार्ज कालिबहादुर मल्लद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘क. नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा ९४० अनुसार जिल्ला समन्वय समिति जुम्लाको ईन्चार्जको जिम्मेवारी दिईएको छ’, पत्रमा भनिएको छ, ‘पार्टी विधानले तोके बमोजिम ईन्चार्जको जिम्मेवारी वहन गरी पार्टी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नु हुनेछ।’ 

आफूलाई पार्टीले १५ बर्ष पछि फेरि ईन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिए। उनले अब पार्टीमा सबैसँग सहकार्य गरेर अगाडि बढ्नेमा प्रतिवद्धता गरे। जुम्लामा यसअघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा थिए।

प्रकाशित: १५ मंसिर २०७९ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App