मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचन सकिएसँगै मतगन्दा गोरखामा प्रत्यक्ष तर्फ भन्दा समानुपातीक तर्फ मत धेरै बदर भेटिएको छ। मत गणनाका क्रममा बिगत जस्तै यस वर्षपनि बदरमत बढी देखिएको हो। गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।
गोरखा क्षेत्र नम्बर १ मा ६० हजार दुई सय ८२ मत खसेको मध्ये तीन हजार ५१ मत बदर भयो। समानुपातीक तर्फ भने यस क्षेत्रमा तीन हजार पाँच सय ८१ मत बदर भयो। २०७४ को निर्वाचनमा गोरखा १ मा ६३ हजार छ सय चार मत खसेकोमा चार हजार तीन सय २० मत बदर भयो।
गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा एक हजार ५० मत बदर भयो भने ‘ख’ मा एक हजार एकसय ६२ मत बदर भयो। प्रदेशसभा ‘क’ र ‘ख’ मा समानुपातिकतर्फको बदर मत संख्या चार हजार तीन सय २३ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गोरखा २ मा ५४ हजार ४४ मत खसेको मध्ये तीन हजार एक सय २६ मत बदर भयो भने समानुपातीक तर्फ दुई हजार नौ सय २६ मत बदर भयो। २०७४ मा ६० हजार एक सय १५ मत खसेको मध्ये दुई हजार छ सय ३६ मात्रै बदर भएको थियो। पहिले भन्दा छ हजार ७१ मत कम खस्दा बदर मत भने पहिले भन्दा चार सय ९० थपिया ।
गोरखा क्षेत्र न २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ एक हजार दुई सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ एक हजार ४३ मत बदर भयो। प्रदेश क्षेत्र ‘क’ र ‘ख’ मा समानुपातिकतर्फ चारहजार एकसय १८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गोरखमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या अझै घटेको छैन। प्रत्येक पटकको निर्वाचनमा बदर मतको संख्या पटक पटक दोहोरिने गरेका छन्। मतदाता शिक्षा निर्वाचन आयोग र कार्यालयले वडा तहसम्म संचालन गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला बताउँछन्। मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने उनले बताए। निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी नबनाउँदा मतको संख्या बढेको देखिन्छ। २०७४ सालमा र हालै सम्पन्न भएको २०७९ को निर्वाचनमा बदर मतको संख्यामा अन्तर छैन। अहिले मत नै कम खसेका बेलापनि बदर दर भने पहिले भन्दा धेरै छ।
एक भन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएका कारण बदर भएको संख्या गोरखामा धेरै छ। मतपत्रमा ल्याप्चे लगाउने, स्वस्तिक छाप नलगाई मतपत्र खसाल्ने गर्दा धेरै मतपत्र बदर भएको देखिन्छ। निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलेपनि आफ्नो चुनाव चिन्हमा मात्रै मत हाल्न सिकाउँछन्। उनीहरुले मत कस्तो अवस्थामा बदर हुन्छ भन्ने बारे मतदातालाई शिक्षित बनाउन नसक्दा पनि बदर मत बढेको हुन सक्ने निर्वाचन परीवेक्षक एवं अधिवक्ता रमेश अधिकारी बताउँछन्। मतदाताले सबै दल र उम्मेदवारलाई रिझाउन पनि एक भन्दा धेरै छाप लगाएको हुन सक्छ। ‘दल, निर्वाचन आयोग, कार्यालय सबैले मतदातालाई के गर्दा बदर र सदर हुन्छ भन्ने सिकाउन नसक्दा बदर दर नघटेको हुनुपर्छ’ अधिवक्ता अधिकारीले भने।
प्रकाशित: ११ मंसिर २०७९ १२:५९ आइतबार