१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

काभ्रेपलाञ्चोक १ बाट माओवादीका सूर्यमान दोङ निर्वाचित

निर्वाचित भएपछि आमासँग दोङ।

काभ्रेपलाञ्चोक १ बाट नेकपा (माओवादी केन्द्र) का सूर्यमान दोङ तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ ८ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरे।

प्रकाशित: १० मंसिर २०७९ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App