४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा जनार्दनको फराकिलो जित

रूकुम पश्चिममा अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा निर्वाचित भएका छन्। शर्माले ३९ हजार ५ सय ४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन्।

शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरसहित चुनाव जितेका हुन्। त्यसै गरि प्रदेश १ मा माओवादीका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर विजयी भएका छन् भने नारायण कुमार शाहले ८ हजार ८१ मत ल्याए। प्रदेश २ मा माओवादीका राजकुमार शर्माले २० हजार १ सय ६० मत ल्याएर निर्बाचित हँुदै गर्दा एमालेका कर्णबहादुर घर्तीले ८ हजार ७८ मत प्राप्त गरे।

प्रकाशित: ९ मंसिर २०७९ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App