४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकासमा फड्को मार्छौंः टोपबहादुर रायमाझी

नेकपा एमालेका केन्द्रिय सचिव टोपहबहादुर रायमाझीले विकासमा फड्को मार्ने बताएका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्यलाई पूरा गर्न आफु दत्तचित्त भएर लाग्ने उनले बताए।  

एमालेले विकास र समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने लक्ष्य राखेकाले सोही अनुसार अगाडि बढ्न सबैसंग समन्वय र सहकार्य गरेर अँगाडी बढ्ने बताए।  पूर्व उपप्रधानमन्त्री भइसकेका रायमाझीले बिहीबार प्रमाणपत्र ग्रहण गर्दै बाँकी रहेका अधुरा काम संगसंगै नयाँ आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताए। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक, सालझन्डी–ढोरपाटन सडक र जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने पनि रायमाझीले प्रतिबद्धता व्यक्त गरे।  

मंसिर ४ गते भएको संघिय निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेद्वार पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्। रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन्।  

अर्घाखाँचीमा बलियो मानिएको गठबन्धनलाई परास्त गर्दै नेकपा (एमाले) ले ‘क्लीन स्वीप’ गरेको छ। एक प्रतिनिधीसभा र दुई प्रदेशसभा रहेको जिल्लामा एमालेले सबै क्षेत्र जित्दै ईतिहास रचेको हो।  

प्रदेशसभा ‘क’ मा चेतनारायण आचार्यले ७४० मतान्तरले विजय हासिल गरे। आचार्यले २० हजार ५१८ मत पाउँदा राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत पाए। यस्तै प्रदेशसभा ‘ख’ मा रामजी प्रसाद घिमिरे ८०१ मतान्तर सहित विजयी भए। घिमिरेले २२ हजार ७७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९७५ मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App