दैलेख क्षेत्र नम्बर २ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली काँग्रेसका दिक्पाल कुमार शाही २० हजार १ सय ५८ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन्। १ सय ५३ मतको झिनो मतान्तरले शाहीले चुनाव जितेका हुन्।
शाही यस अघिको चुनावमा प्रदेश सभामा पराजित भएका थिए।
प्रकाशित: ८ मंसिर २०७९ ०३:५४ बिहीबार