२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा

यहि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ। प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रको चुनाव गराउने जिम्मा महिला नेतृत्वको टोलीलाई दिइएको हो।

सो मतदानस्थलका २ मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला परिचालित हुदैछन्। जस अनुसार केन्द्र (क) को मतदान अधिकृत सुनिता प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन्। उनीहरुको नेतृत्वमा सबै कर्मचारी महिला परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए।  

पुरुषसमान अधिकार दिने समावेशी सिद्धान्तको कार्यान्वयन गर्ने क्रममा मतदान महिलालाई अधिकृतदेखि सबै कर्मचारीको टोलीमा समावेश गरी परिचालन गर्न लागिएको हो। महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने कुराको प्रमाण पेश गर्न यो कार्य गरिएको कार्यालयले जनाएको छ।  

आसन्न चुनावमा एउटा केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्मचारीबाहेक सुरक्षाकर्मीतर्फ नेपाल प्रहरी र म्यादी पनि मतदान केन्द्रमा परिचालन हुनेछन्। प्रहरी र म्यादी सुरक्षाकर्मीको संख्या भने सबै केन्द्रमा समान नहुने बताइएको छ। मतदानस्थलको संबेदनसिलता अनुसार कुनैमा घटी र बढी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

प्रकाशित: २ मंसिर २०७९ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App