१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिए तर स्वयं सिंहदरबारको अवस्था उस्तै छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन्। न काम गर्ने शैली फेरियो न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ।  

वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनःनिर्माण सकिएको छैन। नेपालको इतिहास झल्काउने राजामहाराजको फोटो, सालिक, मूर्तिहरु फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ।  

गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ। सिंहदरबार पुनःनिर्माण  आयोजनाले यहाँ भवन बनाउने काम गर्छ। तर, आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App