आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरी छनोट कार्य सुरु भएको छ। पहिलो चरणमा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणलाई आधार बनाएर छनोट कार्य सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार लिखित परीक्षा अघि मंगलबार १ देखि ८ सय दर्ता नम्बर भएकाहरु र बुधबार ८ सय १ देखि १ हजार ६ सय २ दर्ता नम्बर भएकाहरुको शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण गरिने छ। स्वास्थ्य परीक्षणमा उत्र्तीण भएकाहरु लिखित परीक्षाका लागि छनोट हुनेछन्।
ताप्लेजुङका लागि ६ सय ४७ जना म्यादी प्रहरी माग गरिएको छ। त्यसका लागि १ हजार ६ सय २ जनाले आवेदन दिएका छन्। कस्तो देखियो त? म्यादी प्रहरी भर्ना छनोट कार्य? फुङलिङस्थित भानुजन माविको खेल मैदानमा जारी छनोट कार्य फोटो फिचरमा हेरौँ।
प्रकाशित: १५ चैत्र २०७८ १०:१७ मंगलबार