१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

झकिझकाउ पोखरा (फोटो फिचर)

तिहारको बत्तीले सजिएको पोखरा। तस्बिरः उमेश पुन÷नागरिक

तिहार घरआँगनमै आइपुगेको संकेत झकिझकाउ सजिएको पोखराको बजारले देखाएको छ। तिहारको झिलिमिलीले गर्दा पोखरा अरुबेला भन्दा झनै बढी आकर्षक बनेको छ।  पोखरा यतिबेला रातभर झकिझकाउ देखिन्छ।  

यतिबेला पोखरा सहित आसपासका गाउँ सहरमा सयपत्री र मखमली फूलसँगै झिलिमिली बत्तिले सजिएका छन्। सहर र गाउँ उज्यालो बनेका छन् । तिहार उज्यालोको पर्वको रुपमा पनि लिइन्छ।  

विहीबार लक्ष्मी पुजा, घरघरै बत्ती बालेर झिलिमिली पार्दै लक्ष्मी भिœयाउने दिन हो। लक्ष्मी पुजाको दुईदिन अघिदेखी नै तिहारको चहलपहल सुरु भईसक्छ।  

तिहारको चमक सुरु भएसँगै पोखरा झिलिमिलि देखिन थालेको छ। पोखराभित्रका चोक, बजार, व्यवसायिक घर, क्षेत्र, होटल, रेस्टुरेन्ट भिलिमिली बत्तीले सजिएका छन्।

पोखरा यसै पनि पर्यटकीय सहर, प्रकृतिले त पोखरालाई सजाएकै छ। त्यसैमाथि बत्तीले सजिदा  झनै आकर्षक बनेको छ। घरघरमै बत्ती बालेर झिलिमिली पारिएको छ।  

झिलिमिली पोखराको दृश्यले बजारलाई सजाएको छ । काहुँडाँडा, पुम्दिकोट, निलपोखरी, मेथलाङ र सराङकोटबाट देखिएको दृश्यले तिहारलाई स्वागत गरेको छ।  

पर्वको रौनकमा प्रकृतिले सुगन्ध छरेको छ। सयपत्रीको बास्ना र खुलेको हिमालको दृश्यलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको छ। उसो त यो समय पोखरामा पर्यटकको चहलपहल हुने बेला हो। यहीबेला पर्यटकीय सहरमा लेकसाइडमा आन्तरिक पाहुनाको भीडभाड छ।  

कोरोना भाइरस संक्रमण कमजोर भएको मौका पारेर यो बेला आन्तरिक पर्यटक पोखरा घुम्न आएका छन। आन्तरिक र बाह्य सबै पर्यटकका लागि घुमफिर गर्नको लागि पनि यो समय उचित मानिछ। मौसमले पनि साथ दिएको बेला पारेर पाहुना घुम्न पाउँदा खुसी छन।

प्रकाशित: १७ कार्तिक २०७८ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App