२६ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

जनै पूर्णिमा, रक्षाबन्धन र यज्ञोपवीतसहित मनाइँदै(फोटो फिचर)

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ। आजकै दिन बिहानैदेखि हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गर्ने गर्दछन्। साथै पुरोहितबाट यज्ञोपवीत (जनै) लगाउने र हातमा हाते डोरो (रक्षाबन्धन) बाँध्ने चलन पहाडी जिल्लामा रहेको छ। 

‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्ने शास्त्रीय स्लोक वाचन गरी पुरोहितहरुले रक्षासूत्रको रुपमा रहेको रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन रहेको छ। यस्तो रक्षाबन्धन मठमन्दिर तथा ठूला नदी तलाउको तटमा जप, तप र पूजा गरी मन्त्रिएको हुन्छ।

वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा रक्षाबन्धन बाँधिदिने गर्दछन्। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ।

जनैपूर्णीमाको दिन सरकारले केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल कटौतीमा परेको छ। तर जिल्लाका अधिकांश स्थानीय तहले भने सार्वजनिक स्थानीय विदा दिएका छन्। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।

तस्वीरः मुक्ती न्याैपाने

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App