१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेरौँ दसैँमा काठमाडौँका बजार

नेपालीहरूको महान् चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ।

यस वर्ष असोज २६ गते शनिवार दसैँको टिका रहेको छ। दसैँ मनाउन विदेश गएका फर्किने र सहर पसेकाहरू पनि गाउँ जाने क्रम जारी छ।  जसका कारण गाउँ फर्किँदा आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी,नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरू किन्न बजारमा उल्लेख्य भीड देखिन्छ।

साथै दसैँका लागि आवश्यक अन्य सामग्रीहरू किन्नका लागि पनि मानिसहरू घर बाहिर निस्किएका छन्। केही कार्यालयहरू बन्द भइसकेका छन्। जसका कारण पनि घरबार बाहिर निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ। त्यसैले काठमाडौँको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ। बजार, उपभोक्ता र व्यापारीहरूका केही तस्बिरहरू। 

तस्बिरहरु: न्यूज एजेन्सी नेपाल

प्रकाशित: २२ आश्विन २०८१ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App