२२ असार २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

ट्राफिक उल्लंघन गरेपछि सडकमा स्वयंसेवक (फोटोफिचर)

ट्राफिक कारबाहीमा परेकाहरुलाई आज काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकहरुमा स्वयंसेवकको रूपमा खटाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंमसेवकको रूपमा खटाउन सुरू गरेको हो।

गणतन्त्र दिवसका दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडकमा 'ड्युटी' गर्न लगाइने घोषणा गरेका थिए।

उनले महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन बिदा दिने र त्यो बापत ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडक 'ड्युटी' गर्न लगाइने बताएका थिए।

#Traffic Police