४ पुस २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

जनकपुरबाट अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली (तस्बिरसहित)

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा केहीबेर अघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री यादवसहितको टोली बाजागाजासहित जनकपुरको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि प्रस्थान गरेको हो।

गरगहना, चाँदीका भाडाकुडा, फलफूल, लत्ताकपडा, मिठाई, फलफूल, मिथिलाका पकवानसहित ११ सयभन्दा बढी कोसेली पठाउन लागिएको हो।

जानकी मन्दिरबाट कोसेलीसहितको टोली तस्बिरमाः

प्रकाशित: १९ पुस २०८० ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App