१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

जानकी मन्दिरमा कोसेली पठाउन आयोजित कार्यक्रम (तस्बिरसहित)

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि आज जनकपुरबाट भार (कोसेली) लिएर जाँदैछ। जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।  

आज बिहानै जानकी मन्दिरमा साधुसन्तसहित श्रद्धालुहरू भेला भएका छन्। भगवान रामको ससुराली घर भएका कारण अयोध्यामा राम मन्दिर उद्घाटन समारोहमा विशेष भारत पठाउन लागिएको हो।

गरगहना, चाँदीका भाडाकुडा, फलफूल, लत्ताकपडा, मिठाई, फलफूल, मिथिलाका पकवानसहित ११ सयभन्दा बढी थाल भारमा पठाउन लागिएको हो।

जानकी मन्दिरमा कोसेली पठाउन आयोजित कार्यक्रम, हेरौं तस्बिरमाः

प्रकाशित: १९ पुस २०८० ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App