१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमा दुई नेपाली

काठमाडौं- अप्रिल २७, २००५ मा इन्डोनेसियाको जकार्तामा प्रहरी कारबाहीबाट एक नेपाली मारिए– धादिङ, सत्यदेवीका मानसिंह घले। वैदेशिक रोजगारकै लागि इन्डोनेसिया पुगेका उनी मारिएको बारे नेपालमा खासै चर्चा भएन। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भने घलेको मृत्यु भएको समाचार प्राथमिक हेडिङमा छायो– 'सेतो हेरोइनका नाइके मारिए।'डेलीमेल डटयुकेमा प्रकाशित समाचारअनुसार इन्डोनेसियामा बसेर अफगानिस्तान र पाकिस्तानमा बनेको हेरोइन बैंकक हुँदै अस्ट्रेलिया पुर्यातउने समूहका मुख्य नाइके थिए घले। १७ अप्रिलमा इन्डोनेसियाको बालीमा आठ किलो हेरोइनसहित नौ जना अस्ट्रेलियन पक्राउसँगै अस्ट्रेलियन सरकारले इन्डोनेसियन सरकारलाई घलेलाई पक्राउ गर्न दबाब दिएपछि १० दिनपछि उनको फार्म हाउसमा प्रहरीले 'बाली नाइन' अप्रेसन चलायो। त्यहीँ उनी मारिएको भन्दै तस्बिर सार्वजनिक भयो।

घलेको जालो च्यातिएको ११ वर्षपछि विदेशी भूमिमा बसेर लागुऔषध र्याइकेट चलाउने अर्का एक नेपालीको पहिचान खुलेको छ। धर्म पाखि्रन तामाङ जो बैंककमा बसेर अस्टे्रलियामा लागुऔषध कारोबार गरिरहेका छन्।

तीन दिनअघि काठमाडौंको त्रिभुवन विमानस्थल प्रवेशद्वार (गोल्डेन गेट) र टोखाबाट लागुऔषधसहित पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङबाट धर्मको पोल खुलेको हो।

'बाली नाइन' अप्रेसनका बेला लागुऔषध नियन्त्रण इकाइ ( हाल ब्युरो) प्रमुख रहेका डिआइजी हेमन्त मल्लका अनुसार नेपाली नागरिकलाई भरिया बनाएर अफगानी र पाकिस्तानी हेरोइन युरोप र अमेरिका पुर्यालउन सक्रिय नाइकेका रुपमा घलेको पहिचान खुलेको थियो। बैंककलगायत स्थानमा हेरोइनसहित नेपाली नागरिक पक्राउ क्रम बढेपछि यसबारे अनुसन्धान गर्दा घलेको पहिचान भएको मल्ल सम्झन्छन्।

'नेपालीलाई सहयोगी बनाए पनि नेपाली भूमि प्रयोग नगर्ने भएकाले उसको सञ्जालको सूक्ष्म अनुसन्धान र अनुगमन गरिरहेका थियौं,' मल्लले नागरिकसँग भने, 'सोही समूहका सदस्य नेपालमा हेरोइनसहित पक्राउ परेपछि घलेलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो, तर ऊ बाली अप्रेसनमा मारियो।'

लागुऔषध 'एमफेटामिन' अस्ट्रेलिया पुर्याेउन सक्रिय पाखि्रन पनि अस्ट्रेलियाली प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्।

सन् २०१६, जनवरीमा अस्ट्रेलियाको ब्रिसबनमा घर सजावट सामग्रीको बाकसमा २७ करोड रुपैयाँबराबरको ५४ किलो एमफेटामिन फेला पर्योट। चीनबाट आएको सामग्री लिन आएका अस्ट्रेलियन नागरिक रेमन्ड जोन र नेपाली नागरिक भूपेन्द्र तामाङको पक्राउपछि त्यस घटना लागुऔषध नियन्त्रण ब्युरोमा आइपुग्यो। रेमन्ड र तामाङको जानकारीका आधारमा ब्युरोले नेपालमा मनीष श्रेष्ठ, विक्रम लामिछाने, होमबहादुर तामाङलाई पक्राउ गरेको थियो।

अनुसन्धानमा उनीहरुले भूकम्पमा सघाउन नेपाल आएका अस्ट्रेलियन नागरिक रेमन्डको नाम र ठेगाना बैंककमा रहेका धर्म पाखि्रनलाई दिएको अन्य थाहा नभएको बयानपछि प्रहरीले तीन जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेकै बेला तीन दिनअघि त्रिभुवन विमानस्थल प्रवेशद्वारबाट नेत्र र टोखाबाट चित्र एमफेटामिन' सहित समातिएका थिए। बैंकक हुँदै आएका उनीहरुको साथबाट प्रहरीले ३ सय २ ग्राम एमफेटामिन' फेला पारेको थियो।

धादिङ, सत्यदेवीका यी दुवैको साथबाट प्रहरीले फेला पारेको लागुऔषध परिमाणका हिसाबमा थोरै हो तर उनीहरुबाट जुन रहस्य खुल्यो, त्यसलाई भने प्रहरी 'क्वालिटी एरेस्ट' भन्न रुचाउँछन्।

पक्राउ व्यक्तिबाटै प्रहरीले बैंकक बसेर नेपाली नागरिकलाई परिचालन गरी अस्ट्रेलिया, फिलिपिन्स र बर्मामा लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय जालो फैलाएका धर्मबारे पोल खुलाए।

'५४ किलो एमफेटामिन को घटनामा नाम खुलेपछि धर्म पाखि्रनबारे सूक्ष्म अनुसन्धान अगाडि बढाइए पनि ऊ यो स्तरको तस्कर होला भन्ने जानकारी थिएन,' ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले भने, 'दुई जना सहयोगी पक्राउपछि मात्रै पाखि्रनको अन्तर्राष्ट्रिय हैसियत खुलेको हो।'

चन्दका अनुसार धर्मले घलेझैं धादिङ, सत्यदेवीका युवालाई उपयोग गरी लागुऔषध भरिया बनाउँदै आएका छन्। उनी आफ्ना सहयोगीलाई बैंकक बोलाएर त्यहाँबाट फिलिपिन्स हुँदै म्यानमार पठाएर 'पार्टी ड्रग्स' मानिने एमफेटामिन' अस्ट्रेलिया पुर्यांउन सक्रिय रहेको खुल्यो।

अस्ट्रेलियामा भारी मात्रामा एमफेटामिन' बरामद भएपछि इन्टरपोलसमेत पाखि्रनको जालो खोतल्न सक्रिय छ। यो जालोमा नेपालीसमेत जोडिएपछि अस्ट्रेलियन प्रहरी लागुऔषध नियन्त्रण ब्युरोसँग मिलेर जालो केलाउन सक्रिय छ भने ब्युरो नेपालमा फैलिएको पाखि्रनको जालो भत्काउन।

३० गते नेपाल भित्र्याइएको एमफेटामिन' नेपाली बजार लक्षित हो या म्यानमार, फिलिपिन्स पठाउने ट्रान्जिट नेपाललाई बनाएका हुन्, त्यो भने नखुलेको प्रहरी बताउँछ।

एसएसपी गणेश केसीका अनुसार नेपाली बजारमा प्रतिग्राम २० हजार रुपैयाँसम्म पर्ने एमफेटामिन' का सेवनकर्ता भने नेपालमै पनि फेला परिसकेका छन्। नयाँ वर्षको मुखैमा थोरै परिमाण बोकेर आएकाले उनीहरुले नेपाली बजारलाई नै लक्षित गरेको केसीको आशंका छ।

'हाम्रो हिरासतमा एमफेटामिन' का एक दुर्व्यसनी पनि छन्, उनीबारे अनुसन्धानले नेपालमा समेत यसका प्रयोगकर्ता रहेको देखियो,' केसीले भने, 'उच्च वर्गमा पार्टी ड्रग्सका रुपमा उपयोग हुने देखिए पनि बरामद सामग्री नेपालकै बजारका लागि हो या नेपालबाट दोस्रो देश पठाउन परीक्षणका लागि भन्ने खुल्न बाँकी छ।'

अन्तर्राष्ट्रिय जालोका दुई खेलाडी

कम्तीमा ५७ नेपाली लागुऔषध कारोबार अभियोगमा थाइल्यान्ड कारागारमै छन्। ती सबै धादिङको दार्खा, सत्यदेवी, तिप्लिङ, झार्लाङका हुन्। सत्यदेवीका मात्रै १७ जना कारागारमा छन्।

जानकार प्रहरी अधिकारीका अनुसार टोखामा रहेको पाखि्रनको घर एमफेटामिन' को भण्डार हो। उनी बैंकक बसे पनि नेपाली सहयोगीमार्फत धादिङ, सत्यदेवीका युवा परिचालन गरी र्यागकेट चलाइरहेका छन्।

'धेरै अघिदेखि नै टोखा क्षेत्र एमफेटामिन' कारोबारको मुख्य क्षेत्र देखिँदै आएको थियो,' लामो समय लागुऔषध नियन्त्रणमा काम गरेका अनुभवी डिआइजी मल्लले भने, 'यसअगाडिको घलेले समेत त्यही क्षेत्रलाई नै आधार बनाएको देखिएको थियो।'

ब्युरोका अनुसार धर्म सो र्या केटका मुख्य नाइके हुन् जो थाइल्यान्डमा बस्छन्। उनले त्यहीँबाट समूह परिचालन गरेर अस्ट्रेलिया, फिलिपिन्स र म्यानमार र पूर्वी एसियाली मुलुकमा लागुऔषध ओसारपसार गर्ने गरेका छन्।

उनलाई आफ्नै भाइ पूर्ण पाखि्रनले नेपालबाट सघाउँदै आएका छन्। उनले धादिङ, मकवानपुर, बाराबाट लागुऔषधको भरिया खोजेर थाइल्यान्ड पठाई अवैध लागुऔषध ओसारपसार गराउने गरेका छन्। उनी पक्राउ परेका छैनन्।

डिआइजी चन्दका अनुसार पक्राउ परेका युवामध्ये नेत्र धर्मका मुख्य सहयोगी हुन्। उनी २०१४ देखि धर्मको समूहको सक्रिय देखिएका छन्। थाइल्यान्ड, म्यानमार र फिलिपिन्स ओहोरदोहोर गरिरहने उनले नेपालमा बसेर धर्मको आर्थिक कारोबार हेर्ने गरेका थिए। चित्र एक महिना अगाडिबाट सो सञ्जालका सदस्य बने पनि यो बीचमा म्यानमार, फिलिपिन्स थाइल्यान्ड पुगिसकेका छन्।

नेपाली नागरिकलाई भरिया बनाएर लागुऔषध अन्तर्राष्ट्रिय बजारमा प्रभाव विस्तार गर्ने सूचीमा अर्की नेपाली महिला छिन्– काँइली तामाङ जो घले, धर्मझंै धादिङ, सत्यदेवीकै हुन्। उनी पनि पाकिस्तान र अफगानिस्तान सीमामा बसेर नेपालीलाई सेतो हेरोइनको भरिया बनाएर अन्तर्राष्ट्रिय बजार पठाउन सक्रिय रहेको ब्युरोमा सूचना छ।

गोपी तामाङका रुपमा परिचित उनको कारोबारको जालो खुलेको २० वर्ष नाघिसक्दा पनि पक्राउ परेकी छैनन्। २०५८ मा सेतो हेरोइनसहित नुवाकोटका याङ लामा पक्राउ परेपछि नेपालको जालो खुलेको थियो।

प्रहरी अनुसन्धानमा पाकिस्तान बसेर उनले नेपालमा रहेका सहयोगीमार्फत धादिङका युवालाई पाकिस्तान झिकाएर अफगानी हेरोइन अन्तर्राष्ट्रिय बजार पठाउने गरेको खुलेपछि उनको खोजी सुरु गरेको थियो।

२०६५ मै उनी नेपाल आएको सूचना पाएर बालाजु, माछापोखरीस्थित घरमा छापा मारे पनि प्रहरीले हात पारेन। त्यसयता काइँली पाकिस्तानमा रहेको सूचना मात्र छ प्रहरीसँग। 'अहिले हामी धर्म र उनका भाइको खोजीमा अन्तर्राष्ट्रिय संगठनसँग सहकार्य गरिरहेका छौं,' ब्युरो प्रमुख डिआइजी चन्दले भने, 'यिनीहरु पक्राउपछि नेपालमा जालो बिच्छ्याएका अन्यको समेत खोजी गर्नेर्छौं।'

प्रकाशित: २ वैशाख २०७३ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App