२७ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

केटीसाथीको अश्लिल भिडियो बनाएर इन्टरनेटमा राख्ने पक्राउ

काठमाडौं— केटीसाथीको अश्लिल भिडियो बनाई इन्टरनेटमा राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आफूले भने जस्तो गर्न नमानेपछि केटीसाथीको अश्लिल भिडियो बनाएर अश्लिल वेबसाइटमा पोष्ट गर्ने काठमाडौं, टोखा नगरपालिका, गोंगबु बस्ने बरुण थापा, २९ लाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

 

अभियुक्त थापा भारत, दार्जीलिङ निवासी हुन्।

अश्लिल भिडियो बनाएर त्यसलाई इन्टरनेटमा राखी केटीसाथीको चरित्र हत्या गर्ने तथा मानसिक यातना दिने कार्य गरेको अभियोगमा पक्राउ परेका थापालाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

अपराध महाशाखाले कानुनी कारवाहीको लागि थापालाई महानगरीय प्रहरी परिसर पठाएको छ।

प्रकाशित: ११ असार २०७२ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App