१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

फुटबल खेलाडी बिमल जोमाको सोरुममा

काठमाडौं– जयश्री ग्रुपअन्तर्गतको 'जयश्री रिटेल'ले मंगलबार दरबारमार्गस्थित क्यापिटोलमा स्पेनी खेलकुद ब्रान्डका जोमाको सोरुम खोलेको छ। सोरुमको उद्‌घाटन फुटबल खेलाडी विमल घर्तिमगरले गरे।जोमा स्पोर्ट्स १९६५ मा स्थापित भएको पहिलो स्पेनी स्पोर्ट्सवेयर कम्पनी हो। निरन्तर र रचनात्मक काममा लगानी गरिएको खण्डमा उच्चस्तरको उत्पादन सम्भव रहने कम्पनीको विश्वास छ। जोमा कम्पनी विश्वका ७० देशमा उच्च १० स्थानमा छ। भ्यालेन्सिया फुटबल क्लबको आधिकारिक प्रायोजक रहेको यस कम्पनीले अरु क्लबहरुको पनि प्रायोजन गरेको छ।

प्रकाशित: ९ पुस २०७० २२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App