९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

के गर्नु हुँदैन

बालगीत

प्रेम राई परीक्षित

कक्षामा  पढ्ने  हो  चल्नु  हुँदैन

साथीसाथी आफूमा लड्नु हुँदैन

अरूलाई  दुख्छ  कुट्नु  हुँदैन

पढ्दाखेरि कोही नि सुत्नु हुँदैन

साथीले  साथीलाई  हेप्नु  हुँदैन

लडिन्छ है बाटामा छेक्नु हुँदैन

अरूको सरसमान  चोर्नु  हुँदैन

किताब र झोलामा कोर्नु हुँदैन

हात नधोई खाजा खानु हुँदैन

कक्षाबाट नसोधी जानु  हुँदैन

किताबकापी हेर छुट्नु हुँदैन

गृहकार्य कहिल्यै टुट्नु  हुँदैन

अबेला विद्यालय  पुग्नु  हुँदैन

लुगा  र औला त्यो चुस्नु हुँदैन

खाजा त्यो  वबसी खानु हुँदैन

साथीको  लहैमा  लाग्नु हुँदैन

काम गर्दा  अल्छी  हुनु हुँदैन

नराम्रो  काम  त्यो  छुनु हुँदैन

साथीलाई गाली नि गर्नु हुँदैन

कापीमा  खाली छोड्नु हुदैन

यति गरे कोही पनि रुन पर्दैन

जिन्दगीमा हेर पछि हुन पर्दैन ।

प्रकाशित: १ श्रावण २०७७ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App