१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

ट्याक्टर दुर्घटनामा १३ जना घाइते

व्यास नगरपालिका–५ अलैँचेमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रमिकहरु चढेको अन टेस्ट ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले बताए । ‘घटनाको विस्तृत विवरण आइसकेको छैन्, मजदुर चढेको भन्ने खबर छ,’ उनले भने । 

घाइतेहरुको दमौली अस्पतलामा उपचार भइरहेको छ । घाइतेमध्ये ३० वर्षीया अनिता थापा मगर, २७ वर्षीय इन्द्रबहादुर आले र  २७ वर्षीय कमाया थापाको  मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको डिएसपी तिमल्सेनाले बताए ।

प्रकाशित: १ असार २०७७ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App