९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

जिन्दगी भनेकै घामछायाँ

प्रशंसा कार्की

प्रशंसा कार्की  

कक्षा ः ८, डिएभी सुशिल केडिया

ललितपुर  

जीवनमा राम्रा र नराम्रा धेरै अनुभव सँगाल्ने अबसर पाइन्छ । राम्रा घटना सम्झँदा खुसी लाग्छ भने नराम्रा घटना सम्झँदा दुःख । बालबालिकाको जीवनमा पहिलो पटक विद्यालय जाँदाको दिन अविस्मरणीय हुन्छ ।  

त्यो दिन मलाई विद्यालयमा पु¥याउनु भएकी आमाको हात समातेर म धेरै रोएँ । त्यस्तै तीन वर्षकी थिएँ होला ! अभिभावक विना कक्षा कोठामा बस्दा डर लाग्यो । हामीलाई शिक्षिकाले कक्षा कोठामा लिएर जानु भयो । त्यसपछि आफ्नो परिचय दिन भन्नु भयो । डरले गर्दा मैले सुरुमा आफ्नो नाम समेत भन्न सकिँन । उहाँले प्रोत्साहित गरेपछि बल्ल आँट आयो ।  

मैले साथीहरू पनि सजिलै बनाएँ । हामीले एकअर्कालाई सहयोग गर्न थाल्यौं । शिक्षिकाले पनि आमाको जस्तो भूमिका निवार्ह गरेर विद्यालयमा राम्रोसँग पढाउनु भयो । त्यहाँ पढाउने सबै सहयोगी हुनुहुन्थ्यो । त्यसैले घरेलु वातावरण पाएँ । मेरो खुसी देखेर अभिभावकको अनुहार उज्यालो बन्थ्यो ।  

पहिलो पटक स्कुल जाँदा, पटकपटक पुरस्कार पाउँदा र हाम्रो परिवारमा स्यानो भाइको आगमन हुँदा मलाई निकै खुसी लागेको थियो ।  

मलाई त्यहाँको ठूलो खेल मैदानको सम्झना छ जहाँ म साथीसँग खेल्थें । हरियो घाँसको कार्पेटसहितको कम्पाउण्ड थियो । स्कुलमा कलेज पनि भएकाले ठूलठूला दाई तथा दिदी पनि पढ्थे ।  

शिक्षकशिक्षिका तथा साथीसँग बसेर घाँसे चौरमा खाजा खान्थें । त्यहाँको भोजनालयमा काम गर्नेहरूले हामीलाई मिठोमिठो खानेकरा खुवाउँथे । हाम्रो विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप पनि गरिन्थ्यो । हरेक वर्ष आयोजना हुने अभिभावक दिवसमा म भाग लिन्थें ।  

मैले स्कुलबाटै प्रतिभा देखाउन पाएँ । विद्यालयमा ओलम्पियाड जस्ता गतिविधि थिए । शिक्षकले हामीलाई पोर्टफोलियो तयार गर्न मद्दत गरे जहाँ हामी प्रत्येक कार्यक्रममा सहभागी भएका प्रमाण फोटा र असाइनमेन्ट राख्थ्यौं । मैले विनम्रतापूर्वक कुरा गर्ने तरिका, इमानदार, सहयोगी, जिम्मेवारी आदि सिकेकी छु ।  

हाम्रो विद्यालयमा विभिन्न कुरा परिक्षण गर्ने प्रयोगशाला पनि छन् । जस्तो कि विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला आदि ।  

मैले विद्यालय मार्फत विभिन्न पुरस्कार पनि पाएकी छु । हाम्रो विद्यालयमा हरेक वर्ष विद्यार्थीलाई पुरस्कृत गरिन्छ । राम्रो चरित्र भएका विद्यार्थीलाई ‘क्यारेक्टर अवार्ड’ दिइन्छ । ती विद्यार्र्थी जो धेरै प्रतिभाशाली छन् र परीक्षामा राम्रो ग्रेड प्राप्त गर्छन्, तीनलाई उत्कृष्ट मानिन्छ । अरूलाई सम्मान गर्ने व्यक्तिलाई पिआर पुरस्कार दिइन्छ ।  

जब मैले परीक्षामा राम्रो अंक ल्याएको थिएँ तव प्रधानाध्यापक मार्फत मैले शैक्षिक उत्कृष्टताको पुरस्कार पाएकी थिएँ । मैले राम्रो चरित्रका लागि पनि पुरस्कार पाएकी छु । यसरी पुरस्कार पाउँदा गौरव महशुस हुन्छ । त्यस्तो बेलामा अभिभावकका आँखामा एक प्रकारको खुसी छल्किन्छ ।  

मैले जीवनमा खुसी अनुभव गरेको अर्को घटना हो, भाइँ जन्मँदा । ऊ धेरै प्यारो छ । म दोस्रो पटक ठूली दिदी भएकी थिएँ । त्यो दिनमा निकै खुसी भएर म भाइसँग पनि खेलेको थिएँ ।  

यसरी पहिलो पटक स्कुल जाँदा, पटकपटक पुरस्कार पाउँदा र स्यानो भाईले यस संसारमा पाइला राख्दा मलाई निकै रमाइलो लागेको थियो । मेरो जिन्दगीमा यी घटना आलै रहनेछन् । ती दिन सम्झँदा मन रोमाञ्चित बन्छ ।  

आखिर जिन्दगी भनेकै घामछायाँ हो । हामीले नराम्रा घटना बिर्सनु पर्छ र राम्राराम्रा अनुभव बाँड्ने प्रयास गर्नु पर्छ । त्यसैले सबै साथीहरूलाई लकडाउनमा राम्रो अनुभवको संकल्प लिन र सबै नराम्रा अनुभवहरू बिर्सन आग्रह गर्दछु ।  

अन्त्यमा, यतिबेला हामी कोरोना संक्रमणका कारण लकडाउनमा छौं । त्यसैले हामी सबै घरैभित्र सुरक्षित बसौं है !  

प्रकाशित: ५ जेष्ठ २०७७ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App