६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

प्रकृतिलाई माया गरौं

सुजाता थापा, कक्षा: ८
बुटवल पब्लिक स्कुल, बुटवल। 

प्रकृति हाम्री आमा । हामी प्रकृतिका सन्तान । प्रकृति नै वातावरण । वातावरण नै हामी । हामीलाई गाँस, बास र कपास दिने प्रकृति । एकैछिन सोचौं त, हामीले चाहिँ प्रकृतिलाई के दियौं ?  

आज प्रकृति पिडामा छिन् । हामीले आफु बाँच्ने बहानामा धुवाँधुलो र प्रदुषण बढाएका छौं । प्रकृतिको दोहन गरेका छौं । त्यसैले हाम्रो वरपरको वातावरण बिग्रिएको छ । 

प्रकृतिको विनास गरेकाले नै महामारी फैलेको छ । प्रकृति जोगियो भने मात्र हामी जोगिन्छौं । हामीले जीवनलाई सजिलो बनाउन वातावरणमैत्री कृयाकलापहरू गर्नुपर्छ । वातावरणमा पर्ने असर न्यूनिकरण गरेर विकासका कामहरू अघि बढाउनु पर्छ । 

प्रदूषित वातावरणलाई सफा गर्ने र सुनौलो भबिश्य बनाउने दायित्व हामी विद्यार्थीको काँधमा छ । विद्यार्थीले प्रकृति, देश र विश्वलाई नै बदल्न सक्छन् । त्यसैले हामी विद्यार्थी ठिक भयौं भने सारा विश्व ठिक हुन्छ । 

हाम्रो मस्तिष्क कमलो हुन्छ । स्यानैदेखि हामीले प्रकृतिप्रेमि वातावरण पायौं भने बुढेसकालसम्म हाम्रो मनमा संरक्षणको भावना जाग्छ । जसरी पिल्लर बलियो भयो भने घर बलियो बन्छ त्यसैगरी सही शिक्षा पाएमा विद्यार्थीको प्रकृतिप्रेम बलियो हुन्छ ।   

जसरी पिल्लर बलियो भयो भने घर बलियो बन्छ त्यसैगरी सही शिक्षा पाएमा विद्यार्थीको प्रकृतिप्रेम बलियो हुन्छ । 

हुन त एउटा विद्यार्थीको प्रयासले मात्र वातावरण संरक्षण हुँदैन । यसमा सबै विद्यार्थीले हातेमालो गर्नु पर्छ । हामी सबै मिलेर स्वच्छ समाज बनाउने अभियानमा जुटौं ।    

प्रकृतिलाई बचाउन गरेको कामबाट एउटी छात्रा गिरिताले टाइम पर्सन अफ दि इयर, राइट चाइल्ड हुड अवार्ड आदि जितेकी छिन् । उनले प्रकृतिको महत्वका बारेमा आवाज उठाएर समाजलाई जागरुक बनाएकी छिन् । उनी भर्खर १७ वर्षकी भइन् । उनको कामबाट हामीले पनि प्रेरणा लिनुपर्छ । 

हामीले विद्यालयबाट राम्रो शिक्षा आर्जन गरेर प्रकृतिको संरक्षण गर्नुपर्छ । हामी आफ्नो सेरोफेरोमा बोटबिरुवा रोप्ने, घरआँगन, टोल सफा गर्ने लगायतका काम गर्न सक्छौं । अभिभावकसँग मिलेर वातावरण संरक्षणमा हामी अघि बढ्नु पर्छ । 

अवार्ड जित्ने विद्यार्थी गिरिताले झैं हामीले पनि सबैलाई प्रकृतिको महत्व बुझाउनु पर्छ । जनचेतना फैलाउने काम गर्नुपर्छ । हाम्रो वरपरको वातावरण संरक्षण गर्न हामीले आफ्नै घरबाट अभियान चलाउन सक्छौं । प्रकृतिको महत्व पहिला आफु बुझौं अनि परिवार र समाजलाई बुझाऔं । त्यसपछि मात्र हाम्रो प्रकृति स्वच्छ रहन्छ । 

प्रकृतिलाई बचाउने कि बिर्गाने ? त्यो हाम्रै हातमा छ । विद्यार्थीले प्रकृतिलाई बचाउन पनि सक्छन्, बिर्गान पनि सक्छन् । हाम्रो वातावरण हाम्रो जीवन हो । यसलाई स्वच्छ राख्न हामी ठिक हुनुपर्छ । आउनुहोस् प्रकृतिलाई बचाऔं र हामी पनि बाँचौं । 

अन्त्यमा, यतिबेला कोरोना भाइरसबाट बच्न हामी लकडाउनमा छौं । त्यसैले घरभित्रै सुरक्षित रुपमा बसौं । लकडाउनको समयलाई सृजनात्मक बनाऔं ।

प्रकाशित: २५ वैशाख २०७७ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App