आरूषी पौडेल, कक्षा: ६,
दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौं।
मेरो बिद्यालयको नाम दि एक्सेल्सियर स्कुल हो । म विगत ५ बर्ष देखि यस पवित्र मन्दिरमा आफ्नो सुन्दर भबिष्य निर्माण गर्न लागि परेकी छु । काठमाडौं उपत्यकाको प्रसिद्ध धार्मिकस्थल, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा स्वयम्भूनाथको काखमा अबस्थित हाम्रो बिद्यालयले स्थापनाको २८ औ वसन्त पार गरिसकेको छ ।
बितेका दिनमा बिद्यालयले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । शिक्षण सिकाई प्रक्रियामा नयाँनयाँ बिधि अपनाई बिद्यार्र्थीको रुची र भावनालाई समेटेर अध्ययन गराईने हुँदा प्रत्येक बर्षको शैक्षिक सत्रमा यहाँ प्रवेश पाउन धेरै बिद्यार्र्थी लालायित हुन्छन् । भर्ना पाउन उनीहरूको भिड लाग्छ । स्वच्छ शैक्षिक वातावरण, चुस्त प्रशासन, अनुशासनको उच्चतम प्रयोग, अभिभावक, बिद्यार्थी र स्कुल बीचको सहसम्बन्धले पनि यसलाई अझ प्रगाढ बनाउँदै प्रगतिको दिशामा निरन्तर कदमहरू अघि बढाउन सघाई रहेको छ ।
करिब ११ सय हाराहारीमा रहेको बिद्यार्थी संख्या, क्षमतावान शिक्षक, सुबिधा सम्पन्न ४ तले भवन, आवश्यक शैक्षिक । सामग्री सहितको विज्ञान प्रयोगशाला, खेलकुदका लागि चाहिने ठूलो खेल मैदान, छात्राबासको समुचित ब्यबस्था, शुद्ध खानेपानी, तत्कालै गरिने प्रथामिक उपचार, शुरक्षाको दह्रो प्रत्याभूति, लगनशील कर्मचारीको भूमिकाले पनि स्कुललाई अझ मजवुत बनाउने काम गरिरहेको छ ।
हामीलाई शिक्षा दिने सबिता लावती, सिर्जना पोख्रेल, मन्दिरा राजकर्णिकार, पशुपति मरहट्टा, बिजय महर्जन, बिष्णु थापा लगायतलाई धेरैधेरै धन्यवाद ।
बिद्यालयका सम्पूर्ण शिक्षक मेरा लागि आदरणीय पात्र हुनुहुन्छ तापनि मैले अध्ययन पूरा गरेको कक्षा ५ मा मलाई बर्ष दिनभरी आफ्ना पौरखी हात र बौद्धिक दिमागले उच्चतम शिक्षा प्रदान गर्नुहुने नेपाली बिषयकी गुरूआमा सबिता लावती, अंग्रेजी पढाउने गुरूआमा सिर्जना पोख्रेल, बिज्ञान बिषयकी मन्दिरा राजकर्णिकार, सामाजिक संरचनाको बोध गराउने गुरु पशुपति मरहट्टा, गणित बिषयमा नयाँ आयाम थप्न सिकाउने गुरु बिजय महर्जन, कम्प्युटर शिक्षालाई सरल प्रबिधि मार्फत सिकाईका नयाँ चरणमा प्रवेश गराउने गुरु बिष्णु थापा मेरा लागि धन्यबादका पात्र हुनुहुन्छ ।
एउटा कोपिलालाई सुन्दर फूल बनाउन मालीले गरेको संघर्ष जस्तै उहाँहरूको योगदानलाई म जिन्दगीभर भुल्ने छैन । अर्को कुरा, विश्वव्यापी कोरोना भाइरस कोविड–१९ को महामारीका कारण लामो समयदेखि हामीले स्कुल जान पाएका छैनौं । सरकारले लकडाउन गरेको छ । हाम्रै सुरक्षाका लागि लकडाउन गरिएको हो । यस्तो बेलामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कनु हुँदैन । परिवारसँगै सृजनात्मक काम गरेर घरमा बस्नु पर्छ ।
मलाई आफु पढेको विद्यालयको सम्झना बरोबर आइरहन्छ । प्यारा साथीहरू र आदरणीय शिक्षक, शिक्षिकाहरू र सबै कर्मचारीहरूलाई सम्झिरहेको छु । लकडाउन खुलेपछि नयाँ कक्षामा जाने आशाका साथ बसेकी छु । कोरोनामुक्त वातावरण बनेपछि सबैसँग भेट हुने आशामा छु । सबै साथीहरूलाई सुरक्षित हिसाबले घरभित्रै बस्न आग्रह गर्दछु ।
प्रकाशित: १६ वैशाख २०७७ ०८:५७ मंगलबार