९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

संकटका सारथि

जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय तहको निर्वाचनमा ‘पर्यटक उम्मेदवार’को आरोप खुबै लाग्यो। ‘उनले जिते पनि गाउँ बस्ने होइनन्’ भन्दै उनका विरोधीले मतदाता भड्काउन खोजे। तर उनी चुनावमा विजयी भए। तिनै ‘पर्यटक उम्मेदवार’ अहिले संकटका बेला जनताका सारथि बनेका छन्। कोरोना संकटका बेला उनी २४सै घन्टा जनतासँग छन्। आफैँ जनचेतना फैलाउन गाउँगाउँ पुगेर माइकिङ गर्छन्। राहत बोकेर घर–घर पुग्छन्।

जनतालाई दैलोबाहिर आउन दिएका छैनन्। आफ्ना नागरिक बिरामी पर्दा अस्पताल पुर्‍याउँछन्। ‘यो संकटमा उहाँ (रावल)ले गर्नुभएको सेवा सबैका लागि उदाहरणीय छ, साँच्चै जनताको सेवक बन्नुभएको छ,’ गाउँपालिका प्रवक्ता नवीन शर्माले भने, ‘जनताले गाउँमै सिंहदरबारको अनुभूति गर्न पाएका छन्।’ कोरोना संक्रमणसँग जुध्न घरघरमा माक्स, साबुन पुर्‍याइएको छ। खाद्य संकट हुन नदिनका लागि ‘खाद्य बैंक’ स्थापना गरिएको छ। विपत्सँग जुध्नका लागि एक करोड नौ हजार रुपैयाँको कोष स्थापना गरिएको छ। लक–डाउनमा गाउँपालिकाले विपन्न घरधुरी पहिचान गरेर राहत प्याकेज दिइरहेको छ।

जनप्रतिनिधिहरूको खटाइ निर्वाचनभन्दा कम छैन। निर्वाचनमा भोट माग्दै गाउँमा पुगेका जनप्रतिनिधि अहिले कोराना भाइरसको संक्रमणबाट जोगिन आग्रह गर्दै दौडधुप गरिरहेका छन्। गाउँपालिकामा ५० बेडको निगरानी केन्द्र स्थापना गरिएको छ। 

प्रकाशित: ११ वैशाख २०७७ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App