२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

तीन वर्षपछि पुरानै मूर्तिमा पुजा

जुम्ला - जुम्लाबासीले कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरको दतात्रयको मुख्य मूर्तिमा तीन वर्षपछि पुजाआजा गर्न पाएका छन्। तीन वर्षअघि मुख्यमूर्तिसहित २१ वटा मूर्ति एकै रातमा चोरिँदा  मन्दिर नै मूर्ति बिहिन थियो।

भारतीय बाबाले ल्याएको पितलको मुर्तिमा पुजा चलिरहेको थियो। जसका कारण मन्दिरको विश्वसनीयतामाथि नै प्रश्न उठेको थियो। तर माघ ६ गते जुम्ला चन्दननाथ नगरपालिकाको दानसाँघुमा बेवासिरे अवस्थामा दतात्रयको मूर्ति भेटिएपछि अहिले नियमित पुजा हुन थालेको हो।

यो मूर्ति ९ दिनसम्म जिल्ला प्रहरी कार्यालय जुम्लामै राखियो। आवश्यक कानुनी प्रक्रिया पु¥याइसकेपछि प्रहरीले बुधवार चन्दननाथ गुठिसमितिलाई बुझाएको थियो। प्रहरीले मूर्ति बुझाइसकेपछि र्यालीसहित दतात्रय बाबाको जयजयकार गर्दै नगरपरिक्रमा गरिएको थियो। जुम्लाबासीले फुलमाला र अक्षताले भब्य स्वागत गरे। बिहिवार प्राण प्रतिष्ठा गरेर दतात्रयको मूर्ति मन्दिरमा राखियो।

चन्दननाथ भैरवनाथ गुठि समितिका पुर्वअध्यक्ष गौरीनन्द आचार्य गुठि समितिलाई मूर्ति हस्तान्तरण गरिएपछि रातभर जाग्राम बसेर पुजाआजा गरेको बताए। उनले भने,‘कानुनी प्रक्रियाका लागि ९ दिन प्रहरीकोमा राखियो। प्रहरीले मूर्ति समितिलाई बुझाए संगै प्राण प्रतिष्ठा गरेर विधिपुर्वक मन्दिरमा भित्र्याइयो । यो दिन जुम्लीका लागि निकै सुखद दिन हो।’ राति उत्तरगंगा पुरा गरियो,दिउँसो होम गरियो। मन्दिरमा राखेर नियमित पुजापाठ प्रारम्भ भयो। ’

स्थानीय जोतिष्ीाले पात्रो हेरेर उपयुक्त मिति तय गरेका थिए। त्यो दिन बसन्त पञ्चमीको दिन थियो।  मुर्तिलाइ मन्दिर भित्र प्रवेश गराउने उपयुक्त मिति रहेको संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन्।  अब पुरानै तरिकारले, परम्परागत विश्वासमा रहेर पुजाआजा शुरु भइसक्यो, आन्तरिक तथा बाह्य पर्यटकले निर्धक्क पुर्वक पुजाआजा गरेर मनको शान्ति प्राप्त गर्न सक्नेछन्। 

अन्य मूर्ति भेटिदा जुम्लाबासीलाई मुख्य मूर्ति गुमाउदाको पिरलो थियो, पुर्वअध्यक्ष आचार्य भन्छन्,‘ मुख्य मूर्ति नै भेटिएपछि जुम्लाबासी खुसी छन्। सबै मूर्ति भेटिए दतात्रय आएनन् भन्ने भ्रम हट्यो। ’  मुख्य मूर्ति मन्दिरमा भित्रिएसंगै यहाँका स्थानीयले मुर्ति चोरमाथि अनुसन्धान नियमित राख्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। मूर्ति भित्रिएपछि मन्दिरको शोभा नै बढेको छ। भक्तजनमा उत्साह छ।

गत माघ ६ गते खेतमा लगाइएको जौँ बालीमा सिँचाइ गर्न गएका चन्दननाथ नगरपालिका १ का उमेश देवकोटा,लोकेन्द्र हमाल र लोकदर्शन देवकोटाले खेतको आलीमा बेवारिसे अवस्थामा मूर्ति भेटाएका थिए।   मुख्य मूर्ति हराएपछि डेढ  वर्षअघि भारतीय एक बाबाले पितलको धातुको मुर्ति बनाएर ल्याएका थिए। त्यो मूर्ति पनि निकै ठुलो छ।  ती मूर्तिमा पुजापाठ भइरहेको थियो।  चोरिएको भनिएको दतात्रयको मुख्यमुर्ति सात धार्नी चाँदीले बनेको थियो। मूर्तिमा रहेको सुनको मुकुट मन्दिरमा खसेको उतिबेलै भेटिएको थियो। एक मन्दिरमा आउजाउ गर्ने बाटोमा फेला परेको थियो। तर  मूर्तिसंग गएको सुनको मुकुट फिर्ता भएन्। दत्रातयको हातमा राखएिको चक्र पनि छैन्। शिवजीले समात्ने कमण्डलु पनि भेटिएको छैन्।  मुर्तिको तौल उही छ। आकार पनि उही छ। प्रकार पनि उही नै छ।

चन्दननाथ मन्दिरको मूर्ति चोरीको अनुसन्धानमा चारवटै सुरक्षा निकाय परिचालित थियो। तर जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरोले लिएको थियो। यहाँ मूर्ति भेटाउन धार्मिक कार्यदेखि अनुसन्धानको कुकुर समेत परिचालन भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिबेदन नआउदा मूर्ति नभेटिनेमा जुम्लाबासी ढुक्क थिए। तर खेतको आलीमा बेवारिसे अवस्थामा मुर्ति भेटिएपछि उत्साहित छन्। 

स्थानीय प्रशासनले लागुऔषध नियन्त्रणका लागि घरदैलोमा छापा मार्दा अत्तालिएर मुर्ति चोरले खेतको आलीमा फालेको हुनसक्ने बताउँदै आएको छ। बिक्रम संवत  २००१ साल लेखिएको सरस्वतीको मूर्ति र पुरातात्विक हिसावले निकै महत्वपूर्ण ठानिएको गणेशको मुर्ति अझै भेटिएको छैन्। यो संगै दायिने शंख,सुनले मोडेको शालिकराम  भेटिएका छैनन्।  २०७३ मंसिर ११ राति  मुख्य दत्रातयको मूर्तिसहित २१ वटा मुर्ति चोरी भएका थिए।  मूर्ति चोरीएको एक महिनापछि गुठिचौर गाउँपालिका देपालगाउँको खोलामा १३ मूर्ति र सादा शंखसहित १७ वटा बस्तु भेटिए। तर मुख्यमुर्तिसहित चारवटा मूर्ति भेटिएका थिएनन्।

चन्दननाथ मन्दिरमा अहिले सिसि टिभि राखिएको छ। चौबिसै घण्टा क्यामराको निगरानीमा मूर्तिछन्। प्रहरी हवलदारको नेतृत्वमा चार जनाको टोली खटाइएको छ।  सुरक्षा सतकर्ता बढाउनको लागि स्थानीयले आग्रह गरेका छन्। धार्मिक पर्यटनको केन्द्र मानिएको चन्दननाथ मन्दिरमा उछृङखल क्रियाकलाप हुन दिनको लागि सतकर्ता अपनाइएको स्थानीय प्रशासन बताउँदछ। तर मूर्ति भेटिए पनि मुर्तिचोर भेट्न नसक्नुले जुम्लाबासी झस्किएका छन्।

प्रकाशित: १६ माघ २०७६ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App