२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

बुद्धसँग भूकम्पको सम्बन्ध

भुइँचालो पृथ्वीको उत्पत्तिदेखि नै जान्थ्यो, गइ र हेको छ। बौद्ध समाजमा भूकम्पलाई प्राकृतिक गतिविधि नै मानिएको छ। सबै कुरालाई अनित्य मान्ने बौद्ध धर्मदर्शनमा भूकम्पलाई परिवर्तनको कडीका रूपमा लिइएको छ।

बौद्ध वाङ्मयमा भूकम्पबारे उल्लेख छ। बुद्धको तात्पर्य ईपू ५६३ मा लुम्बिनीमा जन्मिएका गौतम बुद्ध होइन, पारमीहरू पूरा गर्न पटक–पटक जन्मसाधना गर्नेलाई बोधिसत्व भनिन्छ। बोधिसत्वको लक्ष्य सम्यक् सम्बुद्ध हुनु हो। गौतम बुद्ध सम्यक् सम्बुद्ध हुन् । उनीअघि त्यसरी नै सम्यक् सम्बुद्ध बनेका २७ बुद्धको नाम बुद्धवंश नामको थे र वादी बौद्धग्रन्थमा उल्लेख छ। यसरी  नै बुद्धत्व प्राप्त गरी सम्यक् सम्बुद्ध हुने मैत्रेय बुद्ध हुन्। बुद्धसँग भूकम्पको सम्बन्ध भन्नुको तात्पर्य यिनै सम्यक् सम्बुद्ध हुन्, यसलाई महत्वपूर्ण जानकारीका रूपमा लिइन्छ।

गर्भप्रवेश
बौद्ध धर्मदर्शनअनुसा र एउटा सत्वले कर्मअनुसा र अनेकौं योनीमा जन्म लिन पुग्छ। सम्यक् सम्बुद्ध मानव योनीमै हुन्छ, यसका लागि सम्पूर्ण पारमी पूरा गरी बोधिसत्वकै भए र कुनै स्त्रीको कोखमा गर्भप्रवेश गर्छ। प्राकृतिक रूपमै निश्चित समयसम्म गर्भमा बसी जन्म लिन्छ। बोधिसत्वले आमाबाबुको छनोट गरी उचित समयमा गर्भप्रवेश गरेको क्षण महत्वपूर्ण मान्छ, यतिबेला हल्का भूकम्प जाने वर्णन पाइन्छ।

कपिलवस्तुकी मायादेवीको कोखमा बोधिसत्व सिद्धार्थको गर्भप्रवेश वर्णन बडोराेचक छ। आषाढ पूर्णिमाको रात मायादेवी खोपीमा निदाइ र हेको बेला देवलोकबाट आएका देवपुत्रले पलङसहित उठाए र उनलाई अनुतप्त दहमा पु-याएका थिए, यो दह चीनको कैलाश पर्वत नजिकै रहेको मानसराेवर नामले प्रख्यात छ । बौद्धहरूका लागि केही अन्य प्रसंगका कारण यो निकै पवित्र छ। मायादेवीलाई त्यही दहमा स्नान गराई पुनः खोपीमै पु-याइएको थियो। त्यसपछि सेतो हात्तीको बच्चा अवतरण भए र मायादेवीलाई तीनपल्ट प्रदक्षिणा गरी गर्भमा प्रवेश गरेको थियो। यही बेला भूकम्प गएको थियो । यो स्वप्नसँगै मायादेवी बिउँझिएकी थिइन्।

जन्म
गर्भप्रवेशको दस महिनापछि ईपू ५६३ मा लुम्बिनी वनमा वैशाख पूर्णिमाको दिन सिद्धार्थको जन्म भएको थियो। पाली साहित्यमा उनको जन्मसम्बन्धी विस्तृत वर्णन पाइँदैन। प्रचलित वर्णन अनुसार मायादेवी कपिलवस्तुबाट देवदहतर्फ जाँदै गर्दा सुन्द र बगैंचामा व्यथा लागे र त्यही सुस्केरी भइन् । त्यसपछि उनी कपिलवस्तु फर्किइन् । यस्तो वर्णन पाली साहित्यमा पाइँदैन । संस्कृत साहित्य अन्तर्गतको ‘ललितविस्त र ’ गृन्थमा सिद्धार्थको जन्मसम्बन्धी विस्तृत वर्णन पाइन्छ त र त्यसमा देवदहको प्रसंग छैन । वर्णनअनुसार सुत्केरी हुनुअघि मायादेवीले पुष्कररिणीमा स्नान गरेकी थिइन्।

अर्को वर्णनमा पुष्कररिणीबाट २०–२२ पाइला उत्त र तर्फ हिँडे र शालवृक्षमुनि पुग्दा शिशु जन्मिएको उल्लेख थियो । शिशु जन्मने बेला शि र को भाग ननिस्की पहिला खुट्टा निस्किएको थियो। सहम्पति नामका एक ब्रम्हाले थाप्न खोज्दा शिशु भुइँमा खसेको थियो, यो क्षणमा पनि भूकम्प गएको थियो।

बोधिलाभ
बोधिसत्वहरूले बोधिलाभ गरी सम्यक् सम्बुद्ध हुनुलाई महत्वपूर्ण मानिन्छ। गौतम बुद्धको बोधिलाभको घटनालाई बडो महत्वपूर्ण मानिएको छ। उनले २९ वर्ष महाभिनिष्क्रमण (गृहत्याग) गरेका थिए, ६ वर्षसम्म आला र कालाम तथा उद्दक रामपुत्रजस्ता नामी गुरुहरूसँग आध्यात्मिक साधना गर्ने विधि सिकेका थिए । यसै क्रममा ३५ वर्षको उमे र मा अर्थात् ईपू ५२८ वैशाख पूर्णिमाकोरात दृढ निश्चय गरी ध्यान गरिरहेको बेला ध्यान बल उच्च तहमा पु-याए र बुद्धत्व प्राप्त गरेका थिए। जब बुद्धत्व लाभ भयो, स्वतः बुद्ध बने। बोधिलाभ भएको बेलामा पनि भूकम्प गएको थियो।

धर्मचक्र प्रवर्तन
आफूले बोध गरेको धर्म सर्वप्रथम अरूलाई सुनाउनुलाई धर्मचक्र प्रवर्तन भनिन्छ। धर्मचक्र प्रवर्तनपछि अन्य सत्वले सोही धर्म श्रवण गर्न पाउँछन्। अनेकौं जन्म लिई कठो र साधना गरेर बुद्धले बल्लबल्ल बोधिलाभ प्राप्त गरेका थिए। बोधिलाभको दुई महिनापछि बुद्धले पाँच ब्राह्मणलाई सा र नाथमा भेटेर धर्मबारे बताउँदै गर्दा पनि भूकम्प गएको थियो।

आयु संस्कार परित्याग
बुद्धलाई अनित्यवादी पनि भनिन्छ। बौद्ध धर्मदर्शनअनुसा र हरेक वस्तु परिवर्तन हुने भएकाले संसा र लाई क्षणभंगु र मानिन्छ। ८० वर्षमा गौतम बुद्धमा पनि शारीरीक समस्या देखिन सुरु भएको थियो । उनले तीन महिनाअघि महापरिनिर्वाण लाभको घोषणा गरेका थिए, यसलाई ‘आयु संस्का र परित्याग’ भनिन्छ। आयु संस्का र परित्याग गर्दा पनि भूकम्प गएको थियो। आयुसंस्का र परित्याग गरेलगत्तै उपस्थापक (निजी सचिव) भिक्षु आनन्द गौतम बुद्धकहाँ भूकम्प गएको भनी सुनाउन आएका थिए । त्यही बेला बुद्धले आयु संस्का र परित्याग गरेको क्षण भूकम्प जाने बताएको ‘त्रिपिटक’को सुत्तपिटक अन्तर्गत ग्रन्थ ‘दीघनिकाय’ को महाप र निब्वानसूत्रमा उल्लेख छ।

महापरिनिर्वाण
बौद्ध साधकको अन्तिम लक्ष्य निर्वाण लाभ गर्नु नै हो। जन्म  र मृत्युको चक्र अर्थात् भवचक्रमा पिल्सि र हनु नै दुःख हो  र दुःखबाट मुक्त हुनु नै निर्वाणलाभ गर्नु हो । बौद्ध धर्मदर्शनमा ‘त्रियान’ अर्थात् श्रावकयान, प्रत्येकबुद्धयान  र सम्यक् सम्बुद्धयानको अवधा र णा पाइन्छ । बुद्धको उपदेश सुने र , अभ्यास ग र े र अर्हत्व प्राप्ति गर्नुलाई नै निर्वाणको अर्थमा श्रावकयानले लिएको पाइन्छ। बुद्ध शासन नभएको बेला अर्थात् एक बुद्धको शासन सकिएको  र हुनेवाला बुद्ध बोधिसत्वका रूपमा आइनसकेको अवस्थामा पूर्वजन्मको पुण्यको प्रभावले बुद्धत्व प्राप्त गर्नेहरू हुन्छन्, जसलाई प्रत्येकबुद्ध भनिन्छ। प्रत्येकबुद्धहरू ज्ञान प्राप्त गर्छन् त र समाजमा उपदेश दिए र बस्दैनन् । श्रावक बोधि प्राप्त गर्ने श्रावक बुद्ध  र प्रत्येकबुद्धभन्दा उच्च स्त र को बुद्ध हुन्– सम्यक् सम्बुद्ध । निर्वाण सौपादिशेष  र निरूपाद्धिशेष गरी दुई प्रका र का हुन्छन् । शरीर ज्ञान प्राप्त गरेको अवस्थालाई सौपादिशेष निर्वाण भनिन्छ भने देहत्याग गरेको अवस्थालाई निरूपादिशेष निर्वाण भनिन्छ । सम्यक् सम्बुद्धहरूका सन्दर्भमा निरूपादिशेष निर्वाणलाई ठूलो आदर सत्कार गरी ‘महापरीनिर्वाण’ शब्द प्रयोग गरीन्छ।

गौतम बुद्धको महापरिनिर्वाण ईपू ४८३ को वैशाख पूर्णिमाका दिन कुशीनग र को शालवनमा भएको थियो । बुद्धले ८० वर्षमा भिक्षु, भिक्षुणी तथा उपासक–उपासिकालगायत जिज्ञासा लिए र आउने सबैलाई धर्मोपदेश गरे, महापरिनिर्वाणअघि ‘कसैमा केही शंका भए अहिले नै सोध्नू’ भनेका थिए। त्यसपछि कसैले पनि केही प्रश्न नगरेपछि बुद्ध ध्यान भावनामा लीन भए र निर्वाणलाभ  गरेका थिए। महापरिनिर्वाण लाभ भएकै समयमा पनि भूकम्प गएको थियो।

होला र ?
बुद्धसँग भूकम्पको सम्बन्धबा रे चर्चापछि कतिपयमा संशय हुन सक्छ, साँच्चै होलार ? गर्भप्रवेश, जन्म, बोधिलाभ, धर्मचक्र प्रवर्तन, आयु संस्का र परित्याग  र महापरिनिर्वाण गौतम बुद्धको जीवनका महत्वपूर्ण घटना हुन्। बुद्धको महिमा गाउन यी घटनासँग भूकम्पको सम्बन्ध जोडेको भनी संशय गर्नेहरू पनि हुन सक्छन्। भूगर्भको गतिविधिसँग बुद्धका ती घटना मिलेका हुन् वा बौद्धहरू आफैंले सिर्जना गरेका हुन्, त्यो छलफलको विषय हुन सक्छ। तर , यहाँ बौद्ध ग्रन्थहरूमा वर्णित जानकारी राखिएको हो, ताकि छलफल गर्न सकियोस्। र , बुद्धका महत्वपूर्ण घटनाका सन्दर्भमा हुने भूकम्पबाट हानि–नोक्सानी भएको कतै उल्लेख छैन।

प्रकाशित: ११ माघ २०७६ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App