१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

स्मरणीय शैक्षिक भ्रमण

 प्रकृति थापा,
 कक्षा ९,
शुभकामना एकेडेमी, कीर्तिपुर, काठमाडौं।
हामी कक्षा ९ का विद्यार्थीहरू शैक्षिक भ्रमणका साथसाथै आइएसए प्रोजेक्टका लागि ‘टुर’ जाने सल्लाह भयो। हामी कक्षाका सबै साथीहरू  ‘टुर’ जान उत्साहित भयौं। हामी सबै ‘टुर’ मा के हुन्छ होला र कताकता घुम्न जाने होला भनेर सोच्न थाल्यौं। हामी पाँच दिनका लागि ‘टुर’  जाँदै थियौं। त्यसैले हामीलाई चाहिने सबै सामान हामी आपँैmले लग्नुपर्ने थियो। हामी सबैले आपूmलाई चाहिने सामान आपैmं प्याक ग-यौं।

लामो समयको पर्खाइपछि ‘टुर’ जाने दिन आयो। त्यस दिन म बिहान ३ः२० मा उठेर हातमुख धोएँ, चियाबिस्कुट खाएँ, कपाल कोरें र लुगा लगाएँ। त्यसपछि मेरो साथी मेरो घरमा आई अनि हामी आआफ्नो झोला बोकेर बस चढ्ने ठाउँमा पुग्यौं। पन्ध्रबीस मिनेट कुरेपछि बस आयो र हामी आफ्नो गन्तव्यतिर निस्कियौं। सबै जना खुसी र उत्साहित थिए। पहिलो दिन हामी घान्द्रुक जाँदै थियौं। घान्द्रुक जान निकै घण्टा बसमा बस्नुपर्छ भनेर हाम्रो शिक्षकले भन्नुभयो। हामीले बसमा गीत बजाएर रमाइलो गर्दै गयौं।

११ बजेतिर हामी मलेखुको होटलमा चियानास्ता ग-यौं। त्यसपछि मलेखु, कुरिन्टार हुँदै पोखरा गयौं। घान्द्रुक पोखरा हुँदै जाने रहेछ। त्यसै क्रममा हामीले हाम्रो गाइड अंकलले भनेको होटलमा खाना खान बस्यौं। हामी सबैले खाना खायौं अनि बसमा चढ्यौं। हामी  झन्डै चार घण्टापछि घान्द्रुक बजार पुग्यौं। त्यस बजारसम्म मात्र बस जान सक्ने भएकोले हामीले आआफ्नो झोला बोकेर बसबाट ओर्लियौं। हामी बस्ने होटल निकै माथि रहेछ। आधा घण्टा जति हिँडेपछि हामी घान्द्रुकको होटलमा पुग्यौं। हामी होटल पुग्दा अँध्यारो भइसकेको थियो।

हामीले होटलमा गएर झोला राख्यौं र हातमुख धोएको मात्र के थियौं सरले खाना खान बोलाउनुभयो। हामी सबै खाना खान गयौं। हिमाली भेकमा पर्ने घान्द्रुक गाउँ एकदमै चिसो रहेछ। चिसोमा आगोको छेउमा बसेर तातो पानी खानुको मजा नै छुट्टै थियो त्यतिबेला। एकछिन सबै मिलेर गीत गायौं र आआफ्नो कोठामा सुत्न गयौं। त्यस दिन हामीलाई निकै थकाइ लागेको हुँदा छिट्टै सुत्यौं।

भोलिपल्ट बिहान उठेर बाहिर आउँदा त सेतो हिमाल टलक्क टल्किरहेको रहेछ। बिहानको समयको त्यो दृश्य देखेर म छक्क परें। म पहाडी भेगमा जन्मेहुर्केको मान्छेले पहिलो पटक नजिकबाट हिमाल हेर्दाको अनुभव नै फरक थियो। म एकछिन त्यस दृश्य हेर्दाहेर्दै प्राकृतिक सौन्दर्यमा हराउन थालें। चिसो वातावरणमा न्यानो लुगा लगाएर हामी त्यहाँको गाउँ घुम्न गयौं। त्यहाँको मन्दिरको पनि दर्शन ग-यौं। त्यहाँका घरहरू काठमाडौंको घरहरूभन्दा बेग्लै खाले थिए। त्यो रमाइलो गाउँमा हामीले फोटोहरू खिच्यौं। त्यहाँको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो। एकछिन सबै ठाउँमा घुमेपछि हामीले आफू बसेको होटलमा नास्ता ग-यौं। त्यसपछि हामीले लुगाहरू झोलामा राख्यौं र त्यहाँबाट हिँडेर बस चढ्ने ठाउँमा आयौं। हामीले बस चढ्ने ठाउँमा खाना खायौं र बस चढ्यौं। हामीले बाटामा झरना देख्यौं। एकछिन बसबाट ओर्लेर झरनाको चिसो पानीमा खेल्दै रमायौं।

घान्द्रुकपछि हाम्रो घुम्न जाने सूचीमा पोखरा थियो। हामी धेरै समय बसमा बसेपछि पोखरा आइपुग्यौं। हामीले पोखराको होटलमा निकै रमाइलो ग-यौं। पोखराको लेक साइड घुम्यौं।  त्यहाँ रातिको कन्सर्ट हे-यौं। त्यसपछि साथीहरूसँग गफ गर्दै खाना खायौं। त्यस दिन हाम्रो कक्षाको साथीको बर्थ डे थियो। राति केक काटेर रमाइलोसँग बर्थ डे मनायौं। त्यस रात हामी सबै मिलेर खूब रमाइलो ग-यौं।

तेस्रो दिन हामी बिहान छिट्टै तयार भयौं। सरहरूले आज हामी फेवा ताल घुम्न जाने भन्नुभयो। म निकै उत्साहित थिएँ किनभने म पहिलो पटक डुङ्गा चढ्दै थिएँ। फेवा ताल ठूलो र सफा थियो। हामी सबै जनाले लाइफ ज्याकेट लियौं अनि डुङ्गा चढ्यौं। मलाई डुङ्गा चढ्दाको क्षण निकै सम्झनालायक लाग्यो। हामीले फेवातालमा रहेको ताल बराही मन्दिरबाहिर सामूहिक फोटो खिच्यौं। सबै जना मन्दिरको दर्शन ग-यौं। म र मेरो दुई जना साथी त्यहाँ मन्दिरबाहिर फोटो खिचेर बसिरहेको थियौं। एकछिनपछि सबै साथी र  शिक्षकहरू मिलेर डुङ्गा चढी पारि किनारमा पुग्यौं। त्यसपछि हामी सबै राति बसेको होटल गयौ र चिया खायौं। त्यसपछि हामी पोखराको गुप्तेश्वर महादेव गुफा घुम्न गयौं। त्यहाँ मैले मेरा लागि बाला र दिदीका लागि झुम्का किनें अनि हामी डेबिड फल हेर्न गयौं। डेबिड फल भनेको त एउटा ठूलो झरना पो रहेछ। एकछिन त्यतै घुम्यौं र हामी होटल पुग्यौं। होटलबाट आआफ्नो झोला बोकेर बसमा चढ्यौं।

अब हामी पोखराबाट पाल्पा हुँदै लुम्बिनी जाँदै थियौं। हामी हाम्रो बस बिग्रिएर धेरै समय बाटोमै बस्यौं। बस बनेपछि हामीले पाल्पामा खाना खायौं। पाल्पामा रहेको ठूलो करुवा हे-यौं। पाल्पामा ढाकाको धेरै किसिमका सामान पाइँदा रहेछन्। मैले मेरो आमाका लागि ढाकाको पर्स किनिदिए। हामीले पाल्पामा रहेको मन्दिर पनि हे-यौं। लुम्बिनी पुग्न लामो समय लाग्दो रहेछ। हामी बेलुकाको साढे दश बजेतिर लुम्बिनीको होटल पुग्यौं। होटलमा गएर झोला राख्यौं, फ्रेस भयौं र  खाना खायौं। खाना खाएर आआफू सुत्ने कोठामा गयौं। त्यस बेला कोठामा साथीहरूसँग कुरा गर्दागर्दै कहिले निदाएछु थाहा नै भएन।

अर्को दिन बिहान हामी छिट्टै उठ्यौं र नुहायौं। आफूले लगेको लुगा लगायौं। हामीले त्यहाँ होटलमा नास्ता ग¥यौं। नास्ता गरेपछि एक घण्टा जति गाइडद्वारा लुम्बिनीको बारेमा थप कुराहरू बुझ्यौ र त्यसपछि हामी सबै लुम्बिनीतिर गयौं। त्यहाँ रहेको पोखरी, मायादेवीको मन्दिर, शान्ति दीप र अशोक पिल्लर घुम्यौं। म गौतम बुद्धको जन्मस्थल जान पाउँदा निकै खुसी थिएँ। हामीले त्यहाँ बुद्धले जन्मनेबित्तिकै टेकेको सात पाइला पनि हे¥यौं। लुम्बिनीको वातावरण स्वच्छ र शान्त थियो। विभिन्न देशबाट आएका धर्मावलम्बीहरू त्यहाँ बसेर ध्यान गरिरहेका थिए। त्यहाँ पनि हामीले गाइडद्वारा विशेष ज्ञान प्राप्त ग-याैं। त्यसपछि हामीले गुम्बा घुम्यौं र डुङ्गा पनि चढ्यौं। लुम्बिनीमा रहेको सङ्ग्रहालय पनि घुम्यौं। आइएसए प्रोजेक्टमा रहेको राष्ट्रिय सम्पदा अन्तर्गत पर्ने लुम्बिनीबारे हामीले निकै शिक्षा प्राप्त ग-यौं। त्यसपछि हामी होटलमा गएर खाना खायौं। खाना खाएको एकछिनपछि सबै जना झोला बोकेर बसमा चढेर चितवनतिर लाग्यौं।

हामी पाँच छ घण्टाको यात्रापछि शाश्वत धाम बाहिरैबाट हे-यौं अनि चितवन गयौं। हामी नौ बजेतिर चितवनको होटलमा पुग्यौं। होटलमा गएपछि लुगा फे-यौं, फ्रेस भयौं अनि सबै जना एकै ठाउँ भेला भयौं। त्यहाँ हामीले थारु नित्य हे-यौं र हामीले पनि नित्य गरेर रमाइलो ग-यौं। एकछिनपछि खाना खायौ, एकछिन आगो ताप्यौं र गीत गाएर रमाइलो ग-यौं। त्यसपछि सबै जना आआफ्नै कोठामा सुत्न गयौं।

आज म निकै दुःखी थिएँ किनभने आज हामी चितवन राष्ट्रिय निकुञ्ज घुमेर घर जाँदै थियौं। मलाई त घर जाने मन नै थिएन। हामीले नास्ता ग¥यौं र गाइडद्वारा चितवन निकुञ्जको बारेमा थप कुराहरू सुन्यौं अनि हामी हात्ती चढ्दै चितवन राष्ट्रिय निकुञ्ज घुम्यौ। हामीले त्यहाँ धेरै थरीका वनजन्तु, चराहरू र बोटबिरुवा देख्यौं। हामी निकैबेर चितवन राष्ट्रिय निकुञ्ज घुमेपछि होटल फर्कियौं। होटलमा खाना खायौं र आआफ्नो झोला बोकेर बस चढ्यौं। लामो समय बसमा बसेपछि हामी काठमाडौं आइपुग्यौं। यसरी ती पाँच दिन निकै रमाइलोसँग बित्यो र सधैंका लागि मिठो याद बन्यो।

प्रकाशित: १९ पुस २०७६ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App