१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्य

रमाइलो तिहार

दीपशिखा घिमिरे

झिलीमिली बत्ती, दियो, फूलहरू, रङ्गोली, लक्ष्मी देवीको वरिपरि बसेर खिचिक्क सेल्फी कति जनाले खिच्नुभयो ? पक्कै पनि तपाईको तिहार रमाइलो भयो होला। तिहार दसैंपछिको नेपालीहरूका महान् चाड हो। हामी पाँच दिनसम्म तिहार मनाउँछौं। काग तिहारबाट सुरु हुने तिहार भाइटीकामा पुगेर समाप्त हुन्छ।

हामी काग तिहार, कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार र भाइटीका गरी मनाउँछौं। काग तिहारको दिन कागको, कुकुर तिहारको दिन कुकुरको, गाई तिहारको दिन लक्ष्मी र गाईको पूजा, गोरु तिहारको दिन गोरुको र भाइटीकाको दिन दाजुभाइको पूजा गरिन्छ। कागलाई सूचनाको संवाहक मानिन्छ भने कुकुरलाई आज्ञाकारी रक्षक मानिन्छ। हामी तिहारलाई देउसी–भैलो खेल्ने चाड पनि मान्छौं। साथीहरू, यसपालि म स्मार्ट क्लबका साथीहरूँंग देउसी–भैलो खेल्न गएँ।धेरै रमाइलो भयो। तपाईहरूले पनि खेल्नुभयो नि, हैन।

हामीले विनातडकभड तिहार मनाउने योजना बनाएका थियौं। त्यही योजनाअनुसार मैले दाजुभाइको लागि माला उनेँ, भाइमसला ठिक पारेँ र सुस्वास्थ्य, दीघार्यु र उत्तरोत्तर प्रगतिको कामना गर्दै दाजुभाइलाई फूलमाला लगाइदिएँ। उहाँहरूले गच्छेअनुसार मलाई दक्षिणा दिनुभयो। हामीले सँगै खाना खायौं र सुन्दर तस्विर खिचेर तिहारलाई बिदा ग-यौ।

प्रकाशित: १६ कार्तिक २०७६ ०२:२८ शनिबार

तिहार