१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

‘मौलिक पोशाकभित्र पहिचान खोजौैँ'

ललितपुर - शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली मौलिकता र संस्कृति समेटिएका पोशाकलाई राष्ट्रिय पहिचानको रूपमा विकास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार ललितपुरमा आयोजना गरेको औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका विषयक गोष्ठीमा बोल्दै जोशीले मौलिक पोशाकलाई आधुनिक फेसनले मेटाउन लागेको भन्दै युवापुस्ताबाटै मौलिक पोशाकको जर्गेना हुनुपर्ने बताएका हुन्।

जोशीले आफू वयस्क उमेरदेखि नै मौलिक पोशाक प्रयोग गर्दै आएको अनुभव सुनाए। ‘यहाँको धर्म–संस्कृति र मौलिकता अन्त कही पनि भेटिँदैन, हामी पुर्खाले सिर्जिएर र मौलिकता छरेका कुरामा धेरै नै अघि छौं,’ उनले भने, ‘त्यसैले आफ्नो पहिचानलाई मनमा राखेर काम गर्नुपर्छ।’

‘टोपी र मौलिक पोशाकलाई आफ्नो स्मरणीय विदेश यात्रालाई जोड्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘युरोपेली युनियनले ५÷६ वर्षअघि एउटा कार्यक्रम आयोजना गरेको थियो, त्यो कार्यक्रममा म पनि सहभागी थिएँ, डिनर सुरु भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा त्यहाँ आइपुग्नुभयो, ओबामाको झ्याप्प आँखा मेरो टोपीमा प¥यो।’

उनले दौरासुरुवाल र ढाका टोपी नेपालीको मौलिक पोशाक भएकाले यसलाई राज्यले मान्यतासमेत दिनुपर्ने बताए। ‘पहिले पहिले ढाका टोपी र दौरा सुरुवाल धेरै लगाइन्थ्यो, अहिले आधुनिक पहिरनले पुरानो मौलिक फेसनलाई दबाएको छ, यदि हामीले मौलिक पोशाकलाई बानी गराउने र दिनहुँ प्रयोग गर्ने हो भने हाम्रो सान र स्वाभिमान त्यसमै छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय युवा पुस्ताले मौलिक पोशाकलाई पार्टी वा विशेष दिनमा मात्रै लगाउने भएकाले मौलिक पोशाकको महŒव कम हुँदै गएको छ। नेपालमा उत्पादन भएका हस्तकला र दौरा–सुरुवाललाई हामीले दैनिक प्रयोग गर्ने लुगाको रूपमा विकास गर्दा नेपालको अस्तित्व अझ फरक हुने जोशीको भनाइ छ।

टोपी र मौलिक पोशाकलाई आफ्नो स्मरणीय विदेश यात्रालाई जोड्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘युरोपेली युनियनले ५÷६ वर्षअघि एउटा कार्यक्रम आयोजना गरेको थियो, त्यो कार्यक्रममा म पनि सहभागी थिएँ, डिनर सुरु भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा त्यहाँ आइपुग्नुभयो, ओबामाको झ्याप्प आँखा मेरो टोपीमा प¥यो। त्यसपछि उहाँले ‘हेल्लो मिस्टर नेपाल भनेर सम्बोधन गर्नुभयो, त्यतिबेला सबैले मतिर निकायलिरहेका थिए, किनकी म नेपाली मौलिक पोशाकसहित ढाकाटोपीमा सजिएको थिएँ।’

उनले नेपाल प्राकृतिक, सांस्कृतिक धार्मिक, अध्यात्मिक रूपमा विविधता भएकाले आगामी पुस्ताले यसको जर्गेना गर्नुपर्ने बताए। ‘संस्कृति र परम्परा हाम्रो पहिचान हो। यो हस्तान्तरित हुन्छ, त्यसकारण पुस्तौंदेखि चल्दै आएको पहिरन र संस्कृतिको जर्गेना पछिल्लो पुस्ताले गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी नेपालीको लाउने, खाने, बोल्नेलगायत कुराहरू मौलिक नै छन्, यसको जगेर्ना गर्नचाहिँ बिर्सनुहुन्न।’

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रको सान, मान र स्वाभिमान मौलिक पोशाकमै अडिएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए। ‘हामीले हाम्रो मौलिक पोशाकलाई अँगालिरहनुपर्छ, गुन्युचोली, ढाका टोपी र दौरासुरुवालमा हाम्रो स्वाभिमान लुकेको छ, युवा वर्गले पनि यसको सिको गर्दै जानुपर्छ,’ उनले भने। उनले लोप हुन लागेका मौलिक संस्कृतिलाई जर्गेना गर्न सरकारले पनि योगदान पु¥याउनुपर्ने बताए।  
 

प्रकाशित: १८ श्रावण २०७६ ०४:४० शनिबार

संस्कृतिविद् पोशाक पहिचान