५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

भेटिएको रकम प्रहरीलाई जिम्मा

दमक– सडकमा बेवारिसे अवस्थामा भेटिएको २९ हजार रुपैयाँ झापा दमकका सवारी एक मजदुरले प्रहरीमा बुझाएका छन्।

दमक–१ घर भइ ट्याक्सी चलाउँदै आएका मजदुर प्रह्लाद गौतमले दमक चोकको ट्याक्सी स्टेण्डमा शनिबार दिउँँसो भेटेको बेवारिसे रकम इलाका प्रहरी कार्यालयमा बुझाएका हुन्।

हराएको व्यक्तिले आफ्नो रकम दाबी गरे रकम फिर्ता गरिदिने सर्तमा गौतमले प्रहरी नायब निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाए।

सडकमा छरपष्ट अवस्थामा पैसा झरेपछि त्यस पैसा सम्बन्धित व्यक्तिसम्म पुगोस् भन्ने हेतुले रकम प्रहरीमा बुझाएको गौतमले बताए।
       

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App