१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
अन्य

सर्प र चितुवाका कारण स्थानीय हैरान

गोरखा– गोरखाको सहिद लखन गाउँपालिका–७ पोखरीडाँडामा सर्पको टोकाइबाट भैंसी मरेको छ। स्थानीय बोधप्रसाद खनालको दैनिक एक पाथी दूध दिने भैंसी सर्पको टोकाइपछि शरीरमा डाबर उठ्ने, छटपटाउने गरेर शुक्रबार बिहान मरेको हो।

गत मंसिरमा ७० हजार रुपैयाँमा खरिद गरको दुहुनो भैंसी मरेपछि उनी चिन्तित भएका छन्। उपचार गर्न नभ्याउँदै एक्कासि मरेपछि सर्पको त्रास गाउँमा बढेको छ। सर्प पनि विषालु र ठूलो रहेको पशुपति खनालले बताए।

यसैबीच, भीमसेन थापा गाउँपालिका–२ मा  चितुवाले एकै खोरबाट एक दर्जन बाख्रा खाएको एक साता नबित्दै गाईलाई आक्रमण गरेको छ।

ब्याउने बेला भएको स्थानीय नेत्रबहादुर बस्ताकोटीको गाईलाई तीनवटा  चितुवाले शुक्रबार बिहान ४ बजेतिर आक्रमण गरेका थिए। यसअघि पनि बाघले उनकै १३ वटा बाख्रा खोरबाटै मारेको थियो।

भदौमा ब्याउने गाई एक्कासि कराएपछि उठेर हेर्दा गोठमा तीनवटा चितुवाले झम्टिराखेको देखेको बस्ताकोटीले बताए। स्थानीय उठेर चितुवा धपाएका थिए। आक्रणबाट गाईको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।

घरमा पालेको वस्तुभाउ बाघले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। बाघको आतंक बढेपछि बस्तुभाउ रातको समयमा जोगाउन स्थानीयलाई मुस्किल परेको छ। यसअघि एक लाख ५० हजार रुपैयाँ बाख्राबाट घाटा व्यहोरेका बस्ताकोटी व्यावसायिक पशुपालनको चाहना मर्दै गएको बताउँछन्।

 

 

प्रकाशित: ४ जेष्ठ २०७६ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App