विराटनगर– मोरङको धनपालथान–३ स्थित भित्री सडकबाट भारततर्फ लैजाँदै गरेको सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कुरसाकाटाका ३६ वर्षीय सन्तोष मण्डल छन्। मोरङ प्रहरीका अनुसार प्रदेश १ प्रहरीको विशेष टोलीले भारतीय नागरिक मण्डललाई पक्राउ गरेको हो। प्रहरीले मण्डलले चलाएको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियो जिप जाँच गर्दा मेड इन थाइल्याण्ड डबल टाइगर नामको १ सय ६० ग्रामको सेतो हेरोइन बरामद भएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए।
मण्डललाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ वैशाख २०७६ ०५:२६ शनिबार