१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्दार कोष मार्फत ४० लाख  रूपैयाँ हस्तान्तरण गरेको छ। महानरपालिका मेयर विद्यासुन्दर शाक्यले बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४० लाख ३१ हजार ४ सय १३ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि महानगरपालिकाले २५ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो। तर, महानगरमा कार्यरत जनप्रतिनिधि र कर्मचारीले एक दिन बराबरको तलव थप गरेर ४० लाख रूपैयाँ पु¥याइएको हो। गत २१ गते महानगरको सभाकक्षमा बसेको कार्यपालिकाको ३१ औं बैठकले हावाहुरीबाट प्रभावितलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीसँगको भेटका क्रममा प्रमुख शाक्यले, महानगरले सम्पादन गरिरहेका तथा आगामी योजनामा र कार्यसम्पादनको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। रकम हस्तान्तरण अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला लगायतका कर्मचारी उपस्थित थिए।

प्रकाशित: २९ चैत्र २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App