६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

ग्यारेज हटाउन बेवास्ता

काठमाडौं महानगरपालिकाले सहरी सौन्दर्यीकरण र सुविधा वितरणमा अवरोध पुर्याउने ६१ ग्यारेर्ज हटाउने निर्देशन दिए पनि त्यसको बेवास्ता गरिएको छ । महानगरपालिकाले गत असोजमा पेप्सीकोलाको ग्यारेज र चक्रपथ आसपासका ६१ ग्यारेजलाई हटाउन निर्देशन दिएको थियो । 

महानगरपालिकाका अनुसार पेप्सीकोलाको ग्यारेज पुससम्ममा हटाउन निर्देशन दिएको थियो ।  समय नागे पनि अहिलेसम्म उक्त ग्यारेज हट्न सकेको छैन । 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सहरी सौन्दर्यकरण र सुविधा वितरणमा बाधा पु¥याउने ग्यारेजलाई समय थप गरेर भए पनि हटाउने बताए ।  ‘हामीले हटाउन पहिले नै निर्देशन दिएर सहमति पनि भएको थियो,’ उनले भने, ‘अहिलेसम्म हटाएकोे छैन। समय सकिए पनि थप समय राखेर सबै ग्यारेजलाई हटाउने छौँ ।’  उनका अनुसार पेप्सीकोलाको ग्यारेजले महानगरसँग स्वीकृति नलिई आफूखुसी सञ्चालन गरिरहेको छ । त्यसैले उक्त ग्यारेजलाई हटाउन पहिलो प्राथमिकतामा राखिएको छ । ‘स्वीकृति लिएमा ठाउँ व्यवस्थापन गरी सञ्चालन गर्न दिइन्थ्यो,’ उनले भने, ‘स्वीकृति पनि लिएको छैन । ग्यारेजको हिलोले गर्दा त्यहाँ वरपरका सडक धुलाम्मे भएको छ । त्यसलाई हटाइन्छ ।’ उनका अनुसार पेप्सीकोला ग्यारेज मनोहरा आयोजनामा पर्छ । जवर्जस्ती नभई रोजगारलाई ध्यानमा राखी अन्य ग्यारेज पनि हटाइनेछ । महानगरले अटोलाइनको पनि परिकल्पना गरेको उनले जानकारी दिए ।  ‘अटो सिटीको लागि परिकल्पना गरेका छौँ । यसबारे हामी छलफल गर्दै आएका छौँ,’ उनले थपे।  समस्या निम्तिएका  पेट्रोल पम्प र ग्यास डिपो हटाउनका लागि गठित टिमले प्रतिवेदन बुझाएपछि ती डिपोसमेत हटाइने उनले बताए। 

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०५:४५ सोमबार

काठमाडौं_महानगरपालिका सहरी_सौन्दर्यीकरण ग्यारेज