१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

व्यवस्थित बन्दै युएन पार्क

ललितपुरको च्यासलस्थित युएन पार्क अहिले सुधारोन्मुख अवस्थामा छ । हेरविचारको अभावमा फोहोर र उजाड बन्दै गएको पार्क अहिले व्यवस्थित बन्न लागेको हो।

यो पार्क उपत्यकाको परिचित पार्कमध्ये एक हो । बिदाको दिन युवायुवती प्रेम साट्न यहीँ पुग्छन् । तर, पछिल्लो समयमा पार्क व्यवस्थित बनेसँगै घुम्नेको संख्या हवात्तै बढेको छ । पार्क पुग्नेहरूको सख्यामा बढेसँगै चहलपहल पनि बढेको छ । युएन पार्क संरक्षण समितिले पार्कको संरक्षणमा गरिरहेको छ । जहाँ २० जना कर्मचारीसहितको यस कार्यालयले पार्कलाई सुधार गरेको हो। 

युएन पार्क संरक्षण समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीले पार्क हराभरा र व्यवस्थित गर्न समितिले नयाँ योजना ल्याउन लागेको बताए । उनले भने, ‘पार्कभित्र रहेका केही बिरुवाका हाँगा काट्ने र नयाँ बिरुवा रोप्ने काम भएको छ । हामीले यसलाई धेरै व्यवस्थित पारिसकेका छौं।’ 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App