४ कार्तिक २०८१ आइतबार
image/svg+xml
अन्य

माझखण्डको जग्गा अनाधिकृत रुपमा बिक्री

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनधिकृत रुपमा बिक्रि वितरण हुन थालेको पाइएको छ। केही व्यवसायीले केबलकार होमस्टे बन्ने आशा देखाएर यस क्षेत्रको जग्गा किनबेच थालेको स्थानीयको भनाई छ।

‘डेस्टिनेशन माझखण्ड’ प्रालीले यस क्षेत्रमा ३५ सिटे केबलकार सञ्चालन गर्न लागेको छ। केबलकारलाई देखाएर अहिले यस क्षेत्रमा धमाधम जग्गा बिक्रि वितरण हुने लागेको हो। ‘एक महिनायता जग्गा किनबेच ह्वात्तै बढेको छ, ठूला व्यवसायी आएर खेतियोग्य जमिन किनबेच गर्न लागेका छन्,’ स्थानीय अर्जुन तामाङले भने। उनका अनुसार जग्गा व्यावसायीले स्थानीयसँग केबलकारको सपना बाँड्दै छन्। तर, केबलकारको नक्सामात्रै बनेको छ।

जग्गा व्यवसायीले भूकम्पमा लडेका घर होमस्टे शैलीमा बनाउन दबाब दिएको स्थानीयको आरोप छ। उनीहरुले केबलकार भन्दा बस्नलाई वासको माग गरेका छन्। ललितपुरको ग्रामीण भेगमा पर्ने माझखण्डबाट तराई र हिमशृंखला अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा सरकारी सेवा सुविधा पुगेको छैन।

जग्गाको कारोबार बढ्न लागेको भन्दै वागमती गाउँपालिका–५ वडाले जग्गा किनबेचमा रोक लगाएको थियो। तर, व्यावसायीले अहिले खुलेआम जग्गा बिक्री गर्न थालेका छन्। वडा अध्यक्ष साजन दर्लामीले ‘डेस्टिनेसन माझखण्ड कम्पनी’का केही व्यक्तिले जग्गा किन्ने क्रम बढेसँगै त्यस क्षेत्रको तामाङ बस्ती नासिने भएकाले त्यसलाई रोक लगाइएको बताए। पछिल्लो समय अनधिकृत रुपमा जग्गा बिक्रि वितरण हुँदै आएको वडाध्यक्ष दलार्मीको भनाई छ।

प्रकाशित: २७ पुस २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App